Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

१०८.६९ प्रतिशतले बढ्यो युनाइटेड इन्स्योरेन्सको मुनाफा

२०७४ बैशाख २७ गते

निजी क्षेत्रको निर्जीवन बीमा कम्पनी युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा चार करोड ८९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक सय आठ दशमलव ६९ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा युनाइटेडले दुई करोड ३२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

३० करोड २४ लाख रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीले जगेडाकोषमा २४ करोड ९३ लाख रुपैयाँ र बीमा कोषमा १८ करोड ३५ लाख रुपैयाँ राखेको छ । कम्पनीको आम्दानी एक सय दुई दशमलव ३८ प्रतिशतले बढेर आठ करोड ५८ लाख रुपैयाँ पुगेको छ भने खर्च ८९ दशमलव ४७ प्रतिशतले बढेर तीन करोड ६८ लाख रुपैयाँ पुगेको छ । 

यो अवधिमा कम्पनीले २८ करोड ४९ लाख रुपैयाँ बीमा शूल्क आर्जन गरेको छ भने आठ करोड ९२ लाख रुपैयाँ बराबरको दाबी भुक्तान गरेको छ । ४७ हजार ५९ वटा बीमालेख जारी गरेको कम्पनीले एक हजार तीन सय दुई वटा दाबी भुक्तान गरेको छ । 

कम्पनीको प्रतिसेयर आम्दानी १६ दशमलव २० प्रतिशत, मुल्य आम्दानीको अनुपात एक सय एक दशमलव ५४ प्रतिशत, प्रतिसेयर नेटवर्थ दुई सय ४८ दशमलव ९४ प्रतिशत र तरलता अनुपात तीन दशमलव ९७ प्रतिशत रहेको छ ।