Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

प्राइम लाइफ इन्स्योरेन्सले कमायो पौने ११ करोड मुनाफा

२०७४ बैशाख २६ गते

निजी क्षेत्रको जीवन बीमा कम्पनी प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा १० करोड ७४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३ दशमलव ८२ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा प्राइम लाइफ इन्स्योरेन्सले नौ करोड ४४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

४८ करोड ८१ लाख रुपैयाँ चुक्तापुँजी भएको कम्पनीले जगेडाकोषमा ७५ करोड २४ लाख रुपैयाँ र जीवन बीमा कोषमा चार अर्ब ४६ करोड ४८ लाख रुपैयाँ राखेको छ । प्राइमको आम्दानी २० दशमलव ७४ प्रतिशतले बढेर १६ करोड ३५ लाख रुपैयाँ पुगेको छ भने खर्च ४० प्रतिशतले बढेर पाँच करोड ६१ लाख रुपैयाँ पुगेको छ । 

यो अवधिमा प्राइम लाइफ इन्स्योरेन्सले बीमा शूल्कवापत एक अर्ब २२ करोड पाँच लाख रुपैयाँ आर्जन गरेको छ भने २१ करोड ३४ लाख रुपैयाँ बराबरको दाबीको भुक्तानी दिएको छ । कम्पनीले पाँच लाख १० हजार आठ सय ७२ वटा बीमा लेख जारी गरको छ भने नौ सय १५ वटा दाबी भुक्तान गरेको छ । 

चैत्र मसान्तसम्ममा प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको प्रति सेयर आम्दानी २९ रुपैयाँ ३५ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ दुई सय ६५ रुपैयाँ ७५ पैसा रहेको छ । त्यस्तै, कम्पनीको मूल्य आम्दानीको अनुपात ७९ दशमलव ३६ गुणा रहेको छ ।