निजी क्षेत्रको निर्जीवन बीमा कम्पनी एनबी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा छ करोड २० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक सय ८१ दशमलव ४८ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा एनबी इन्स्योरेन्सले दुई करोड २० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
२७ करोड रुपैयाँ चुक्तापुँजी भएको कम्पनीले जगेडा कोषमा नौ करोड ३५ लाख रुपैयाँ र बीमा कोषमा आठ करोड २९ लाख रुपैयाँ राखेको छ । कम्पनीको आम्दानी दुई सय दुई दशमलव ७५ प्रतिशतले बढेर आठ करोड ७३ लाख रुपैयाँ पुगेको छ भने खर्च दुई सय ७१ दशमलव ८४ प्रतिशतले बढेर दुई करोड ५२ लाख रुपैयाँ पुगेको छ ।
यो अवधिमा एनबी इन्स्योरेन्सले २३ करोड ७२ लाख रुपैयाँ बीमा शुल्क (खुद) आर्जन गरेको छ भने दुई करोड २९ लाख रुपैयाँ बराबरको दाबी भुक्तान गरेको छ । कम्पनीले चार करोड एक लाख वटा बीमा लेख जारी गरेको छ भने १८ लाख ८० वटा दाबीको भुक्तानी दिएको जनाएको छ ।
चैत्र मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक ३० दशमलव ६५ रुपैयाँ, मूल्य आम्दानीको अनुपात ५७ दशमलव ५८ गुणा, प्रतिसेयर नेटवर्थ एक सय १८ दशमलव १० रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य दुई सय ९४ दशमलव ८२ रहेको छ ।


