Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

ओरिएण्टल इन्स्योरेन्सले कमायो २० करोड ४१ लाख रुपैयाँ मुनाफा

२०७४ बैशाख २४ गते

निजी क्षेत्रको निर्जीवन बीमा कम्पनी ओरिएण्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २० करोड ४१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५६ दशमलव ६४ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रोत्र त्रैमासमा ओरिएण्टलले १३ करोड तीन लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

कम्पनीको जगेडा तथा कोषमा आठ करोेड २१ लाख रुपैयाँ नेगेटिभमा राखिएको छ भने बीमा कोषमा ४३ करोड ७२ लाख रुपैयाँ राखिएको छ । कम्पनीको आम्दानी ५५ दशमलव २८ प्रतिशतले बढेर २३ करोड १५ लाख रुपैयाँ पुगेको छ । कम्पनीले यस अवधिमा ५२ करोड ७४ लाख रुपैयाँ बीमा शूल्क आर्जन गरेको छ भने ३० करोड दुई लाख रुपैयाँ बराबरको दाबी भुक्तान गरेको छ । यो अवधिमा कम्पनीले १० हजार पाँच सय ५६ वटा बीमा लेख जारी गरेको छ भने एक हजार ५६ वटा दाबी भुक्तान गरेको जनाएको छ ।