Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

पुँजीवृद्धिमा युनाइटेड इन्स्योरेन्स : १० प्रतिशत बोनसपछि शतप्रतिशत हकप्रद सेयर

२०७४ बैशाख १० गते

युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडका सेयरधनीले १० प्रतिशत बोनस सेयर पाउने भएका छन् । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले लगानीकर्ताललाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १५ लाख ९१ हजार पाँच सय ७८ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीले बोनस पछि कायम पूँजीमा एक बराबर एकको अनुपातमा हकप्रद सेयर समेत निष्काशन गर्ने प्रस्ताव अघि सारेको छ । सञ्चालक समितिले प्रस्ताव गरेको बोनस तथा हकप्रद सम्बन्धि प्रस्ताव नियामक निकायबाट स्वीकृत हुन बाँकी छ ।

हाल युनाइटेड इन्स्योरेन्सको चुक्तापुँजी ३० करोड २४ लाख रुपैयाँ छ । उक्त पुँजीको १० प्रतिशत बोनस सेयर जारी गरेपछि कम्पनीको चुक्तापुँजी ३३ करोड २६ लाख रुपैयाँ पुग्नेछ । उक्त पुँजीको शतप्रतिशत हकप्रद सेयर निष्काशन गरेर कम्पनीले साढे ६६ लाख रुपैयाँ चुक्तापुँजी पुर्याउनेछ । 

बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिको निर्देशनअनुसार, युनाइटेड इन्स्योरेन्स कम्पनीले २०७५ असार मसान्तभित्रमा एक अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउनुपर्ने हुन्छ । यसका लागि कम्पनीले आगामी वर्षमा बोनस सेयर तथा हकप्रद सेयर दिएर ३३ करोड रुपैयाँको हाराहारीमा पुँजी जोड्नेछ ।