Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

वैशाख १६ गतेसम्म कायम सेयरधनीले मात्रै सिद्धार्थ इन्स्योरेन्सको हकप्रद भर्न पाउने

२०७४ बैशाख १० गते

सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले हकप्रद निष्काशन गर्नका लागि वैशाख १७ गतेदेखि सेयरधनी पुस्तिका बन्द गर्ने निर्णय गरेको छ । जसअनुसार, वैशाख १६ गतेसम्म कायम सेयरधीले मात्रै कम्पनीले निष्काशन गर्न लागेको हकप्रद सेयर भर्न पाउने भएका छन् । 

कम्पनीले पाँच बराबर दुई दशमलव एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्दैछ । हकप्रद निष्काशनका लागि कम्पनीले लक्ष्मी क्यापिटल मार्के लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । हकप्रद निष्काशनका लागि कम्पनीले वैशाख ७ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
 
सिद्धार्थले एक सय रुपैयाँ अंकित मूल्यमा आठ करोड ६२ लाख १२ हजार पाँच सय रुपैयाँ बराबरको आठ लाख ६२ हजार एक सय २५ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हाल सिद्धार्थ इन्स्योरेन्सको चुक्तापुँजी ३४ करोड ४८ लाख ५० हजार रुपैयाँ रहेको छ । उक्त हकप्रद सेयर जारी गरेपछि कम्पनीको चुक्तापुँजी ४३ करोड रुपैयाँ नाघ्नेछ ।