नेपाल राष्ट्र बैंकले (भोली) सोमबारबाट फेरी तीन अर्ब १० करोड रुपैयाँको ट्रेजरी विक्री गर्ने तयारी गरेको छ । केन्द्रीय बैंकले बजारमा रहेको अधिक तरलता नियन्त्रण गर्नको लागि उक्त ट्रेजरी विक्री गर्ने तयारी गरिएको राष्ट्र बैंकले जनाएको छ । सोमबार बिक्री खुल्ला हुने र मंगलबार जारी मिति तोकिएको ट्रेजरीको परिपक्व हुने अवधि २०७३ असार २८ गते हुनेछ । यसअघि पनि राष्ट्र बैंकले यही चैत २२ गते ९१ दिने अवधिको तीन अर्ब ६ करोड र तीन सय ६४ दिने अवधिको ३६ करोड रुपैयाँको ट्रेजरी विक्री गरेको थियो ।