Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

एभरेष्ट इन्स्योरेन्सका सेयरधनीलाई २० प्रतिशत बोनस सेयर

२०७४ बैशाख ४ गते

निजी क्षेत्रको निर्जिवन बीमा कम्पनी एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडका सेयरधनीले २० प्रतिशत बोनस सेयर पाउने भएका छन् । कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको कमाईबाट हाल कायम चुक्तापुँजीको २० प्रतिशतले हुन आउने दुई करोड रुपैयाँ बराबरको बोनस सेयर जारी गर्ने प्रस्ताव अघि सारेको हो । प्रस्तावित बोनस सेयर बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिबाट स्वीकृत भई कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीले पाउनेछन् । 

हाल एभरेष्ट इन्स्योरेन्स कम्पनीको चुक्तापुँजी १० करोड रुपैयाँ रहेको छ । २० प्रतिशत बोनस सेयर जारी गरेपछि कम्पनीको चुक्तापुँजी १२ करोड रुपैयाँ पुग्नेछ । २०७५ असार मसान्तसम्ममा एभरेष्टले एक अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउनुपर्नेछ ।