Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बीमा योजना : दैनिक १० रुपैयाँमा १० लाखको जीबन बीमा

२०७३ चैत्र २७ गते

नेपाल लाइफ इन्स्योरेन्सले “स्मार्ट हुनुहोस, जिम्मेवार बन्नुहोस” भन्ने मूल नाराका साथ “स्मार्ट जीवन बीमा” योजना सार्वजनिक गरेको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईँको प्रमुख आतित्थ्यतामा पोखरामा आयोजित एक कार्यक्रमका बीच उक्त नयाँ बीमा योजनाको औपचारिक शुभारम्भ गरियो । 

उक्त अवसरमा प्रमुख अतिथि चापागाईँले नयाँ बीमा योजनाको सफलताको कामना गर्दै यसले आम जनताको बचत परिचालनमा सघाऊ पुर्याउने बिश्वास व्यक्त गरे । साथमा सो स्मार्ट जीवन बीमा योजनाको बीमित आफू पनि बन्ने घोषणा समेत गरे । 

उक्त कार्यक्रममा सभापतिको आसनबाट मन्तव्य व्यक्त गर्दै कम्पनीका संचालक कमलेश कुमार अग्रवालले समाजका हरेक वर्गका मानिसहरुको चाहना बमोजिमका विभिन्न आकर्षक बीमा योजनाहरु तर्जुमा गरी आफ्ना ग्राहकहरुलाई सदा उच्चतम र गुणस्तरिय बीमा सेवा प्रदान गर्ने कम्पनीको मुलभूत उद्देश्य रहेको सन्र्दभमा यस नयाँ योजनाले समेत आम बीमितको मन जित्न सफल हुनेमा बिश्वास व्यक्त गरे ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत बिवेक झाले स्मार्ट जीवन बीमा योजनाका मुलभूत बिशेषताहरुका बारे प्रकाश पार्दै यस बीमा योजनाले हरेक तह र तप्काका व्यक्तिलाई जीवन बीमामा समेट्ने गरि दैनिक रु.१० मा रु.१० लाखको जीवन बीमा गराउन सक्ने भएकोले जीवन बीमाको दायरा बिस्तारमा महत्वपूर्ण योगदान पुर्याउने बताए । उनले बीमितलाई गुणस्तरिय सेवा पुर्याउनका लागि दाबी भुक्तानी प्रकृया लगायत व्यवस्थापन प्रणालीलाई चुस्त बनाईएको र सोको फलस्वरुप कम्पनीले सफलताहरु हासिल गर्दै आईरहेको बताए । कम्पनीले हालै जारी गरेको थप साधारण सेयर निष्कासन (एफ.पि.ओ) पश्चात कम्पनीको साख र वित्तीय क्षमतामा समेत सकारात्मक प्रभाव परेको जानकारी उनले गराए ।

कार्यक्रममा पोखरा क्षेत्रमा बिगत एक दशक भन्दा लामो अवधिदेखि क्रियाशील रही कम्पनीको व्यवसाय बृद्धिमा महत्वपूर्ण भूमिका खेलेका बरिष्ठ अभिकर्ता प्रविण पोखरेललाई सम्मान गरिएको थियो ।

यस नयाँ बीमा योजनाले कम्पनीको व्यवसाय प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । साथमा जीवन बीमाका लागि बिद्यमान कर छुटको प्रावधानलाई बढाउन सके जीवन बीमा क्षेत्रलाई थप टेवा पुग्ने बिश्वास लिइएको छ ।