Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

बीमा कम्पनीहरुसँग समितिले माग्यो पुँजीवृद्धि योजना

२०७३ चैत्र २१ गते

बीमा समितिले बीमा कम्पनीहरुसँग पूँजी वृद्धि योजना माग गरेको छ । पुँजीवृद्धिको योजना पेश गर्न कम्पनीहरुलाई समितिले तीन महिनाको समयसीमा दिएको छ । 

गत शुक्रबार समितिले बीमा कम्पनीहरुलाई चुक्तापुँजी चार गुणा वृद्धि गर्न निर्देशन दिएको छ । जीवन बीमा कम्पनीको चुक्तापुँजी दुई अर्ब र नीर्जिवन बीमा कम्पनीको चुक्तापुँजी एक अर्ब रुपैयाँ पुर्याउनुपर्ने व्यवस्था गरिएको हो । यसअघि जीवन बीमा कम्पनीको ५० करोड र नीर्जिवन बीमा कम्पनीको न्यूनतम चुक्तापुँजी २५ करोड रुपैयाँ हुनुपर्ने प्रावधान थियो । पुँजीवृद्धिका लागि बीमा कम्पनीहरुलाई ०७५ असार मसान्तसम्मको समयसीमा दिइएको छ ।