Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नेपाल हाइड्रो डेभलपरले तीन लाख ९० हजार कित्ता आईपिओ जारी गर्ने

२०७३ चैत्र ११ गते

नेपाल हाइड्रो डेभलपर लिमिटेडले तीन लाख ९० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारण सेयरधनीका लागि एक सय रुपैयाँ अंकित मूल्यमा तीन करोड ९० लाख रुपैयाँ बराबरको सेयर निष्काशन गर्न लागेको हो । 

सेयर निष्काशनको अनुमति माग गर्दै कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले बुधबार (चैत्र ९) गते बोर्डमा निवेदन दिएको हो । सेयर निष्काशनका लागि नेपाल हाइड्रोले एनएमबि क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

हाइड्रोले आयोजना प्रभावित क्षेत्र दोलखाका जिल्लाका वासिन्दाहरुका लागि दुई लाख ६० हजार कित्ता सेयर निष्काशन गरी बाँडफाँड समेत गरिसकेको छ ।