Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

चार वर्षको साधारणसभा एकैपटक गर्दै युनियन फाइनान्स, यस्ता छन् प्रस्तावहरु

२०७३ चैत्र ८ गते

युनियन फाइनान्स लिमिटेडले कम्पनीको चार बर्षदेखि गर्न नसकेको सबै आर्थिक वर्षको साधारण सभा चैत २९ गते गर्ने भएको छ । फाइनान्सले उन्नाइसौं, बिसौँ, एकाइसौं र बाइसौं गरी चारबर्षको साधारणसभा एकैपटक नक्साल बैङक्वेट, नक्सालमा गर्न लागेको हो । साधारणसभा प्रयोजनका लागि फाइनान्सले चैत १४ गतेदेखि २९ गतेसम्म सेयरधनी पुस्तिका बन्द गर्ने निर्णय गरेको छ । फाइनाइन्सको साधारण सभामा मर्जर तथा एक्विजिसन, गत आर्थिक बर्षको नाफा नोक्सान सहितको बार्षिक प्रतिवेदन तथा संस्थापक सेयरधनी समूहबाट ४ जना र सर्वसाधारण समूहबाट ३ जना सञ्चालक नियुक्त गर्ने लगायतका प्रस्ताव रहेका छन् ।