Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

डिप्रोक्स लघुवित्तको शतप्रतिशत हकप्रद सेयर खुल्यो

admin २०७३ चैत्र ७ गते
सेयर:

डिप्रोक्स लघुवित्त विकास बैंक लिमिटेडको हकप्रद सेयर निष्काशन आज (चैत्र ७ गते, सोमबार)देखि खुला भएको छ । बैंकले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन सुरु गरेको हो । 

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । कम्पनीको हकप्रद सेयर नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालय सेन्ट्रल प्लाजा, नारायणचौर नक्साल र डिप्रोक्स लघुवित्तका सबै शाखाहरुबाट भर्न सकिने छ । हकप्रदमा वैशाख १० गतेसम्म आवेदन दिने सक्ने बताइएको छ । 

बैंकले जारी गर्न लागेको हकप्रद सेयरलाई इक्रा नेपालले ग्रेड ४ प्लस रेटिङ प्रदान गरेको छ । यसले बैंकको आधारभूत पक्ष औसतभन्दा कमजोर रहेको संकेत गर्दछ । 

बैंकले एक सय रुपैयाँ अंकित दरमा २५ करोड ७९ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गरेको हो । हकप्रद सेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी ५१ करोड ५८ लाख पुग्ने बैंकले जनाएको छ ।
 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।