सेती फाईनान्स लिमिटेडले हकप्रद जारी गर्दा नबिकेको संस्थापक सेयर केही साताअघि लिलाममा निकाल्दासमेत किन्ने अति न्यून भएपछि एक लाख ८० हजार कित्ता फेरि लिलाममा निकाल्ने भएको छ । फाइनाइन्सले यसअघि फागुन ११ देखि १९ गतेसम्म एक लाख ८३ हजार दुई सय ३५ दशमलव ८६ कित्ता संस्थापक सेयरको लिलामी खुला गरेकोमा जम्मा तीन हजार दुई सय कित्ता संस्थापक सेयरमात्र बिकेको थियो । बाँकी एक लाख ८० हजार ३५ कित्ता संस्थापक सेयर बिक्री हुन सकेन । साधारण सेयर भने ६६ हजार छ सय ८२ दशमलव १४ कित्ता मध्ये सबै बिक्री भएको थियो ।
अहिले खुला गर्न लागेको संस्थापक सेयर लिलामीमा बिक्री प्रबन्धक एनआईबिएल क्यापिटल र सेती फाईनान्सको कार्यालय टिकापुर, कैलालीबाट चैत १३ देखि १७ गतेसम्म आवेदन गर्न सक्ने क्यापिटलले जनाएको छ । बोलपत्र चैत २० गते क्यापिटलको कार्यालय लाजिम्पाटमा ४ बजे खुला हुनेछ ।
सेती फाईनाईन्सले कात्तिक नौ गतेसम्म कायम रहेका सेयरधनीलाई मंसिर १ गतेदेखि पुस ५ गतेसम्म एक बराबर एक दशमलव पाँच अनुपातमा नौं लाख ५१ हजार सात सय ८६ कित्ता हकप्रद निष्काशन गरेको थियो ।
