Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नेपालमा भित्रिने रेमिट्यान्सको रेसियो हालसम्मकै उच्च

admin २०७३ फाल्गुन २८ गते
सेयर:

नेपाल भित्रिने रेमिट्यान्सको रेसियो हालसम्मकै उच्च पुगेको छ । विश्व बैंकले हालै प्रकाशन गरेको माइग्रेसन एन्ड रेमिट्यान्स रिपोर्ट २०१६ को पछिल्लो अद्यावधिक स्थितीअनुसार नेपालमा विश्वका करिब २७ देशबाट भित्रिने रेमिट्यानसको परिमाण सात खर्ब ३३ अर्ब रुपैयाँ नाघेको हो । गत वर्ष नेपालको कुल गर्हस्थ उत्पादनको झन्डै ३२ प्रतिशत अर्थात छ अर्ब ९२ करोड अमेरिकी डलर बराबरको रेमिट्यान्स भित्रिएको रिपोर्टले देखाएको छ । 

वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या बढ्दै गएको र उनीहरुले विदेशमा पाउने पारिश्रमिक पनि बढेकाले नेपाल भित्रिने रेमिट्यान्सको अनुपात वर्षेनि बढ्दै गएको बिश्व बैंकको ठहर छ । बैंकका अनुसार, सन् २०१४ मा पाँच अर्ब ५८ करोड ९० लाख अमेरिकी डलर बराबरको रेमिट्यान्स नेपाल भित्रिएको थियो भने सन् २०१५ मा छ अर्ब ७३ करोड अमेरिकी डलर बराबरको रेमिट्यान्स भित्रिएको थियो ।  

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।