Banking Khabar |
Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बैंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

वित्तीय पहुँच विस्तारका लागि एनएमबि माइक्रोफाइनान्स र सक्षमबीच सहकार्य 

admin २०७३ फाल्गुन २४ गते
सेयर:

एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड र युके एड सक्षम एक्सेस टु फाइनान्स बिच दुर्गम जिल्लाका सदस्यहरुलाई वित्तीय पहँुच पुर्याउने उद्धेश्यले एक आपसमा सहकार्य गरी अगाडी वढ्ने सहमती भएको छ । सो सहमतीपत्रमा वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तिर्थरत्न कोनाजो र सक्षम एक्सेस टु फाइनान्सको तर्फवाट टोली प्रमुख वलजित वोहोराले सोमवार एक कार्यक्रमका विच काठमाडौँमा हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा वित्तीय संस्थाको तर्फबाट प्रमुखकार्यकारी अधिकृत कोनाजोले सक्षमसँगको सहकार्यले दुर्गम भेगका सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्न सहज हुने जिकिर गरे । उनले साना ब्यवसायलाई लक्षित गरी सक्षम उद्यमशील कर्जाको शुरुवात गर्ने जानकारी समेत गराए । 

त्यस्तै युके एड सक्षमका टोली प्रमुख वोहोराले एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थालाई देशका पाँच वटा दुर्गम जिल्लाहरु मनाङ्ग, मुस्ताङ्ग, रुकुम, म्याग्दी र इलाममा कार्यक्रम विस्तारका लागि आवश्यक सहयोग गर्ने बताए । 

समझदारी बमोजिम एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाले आगामी दुई वर्षभित्र ५ वटा जिल्लामा शाखा तथा उपशाखाहरु खोली सात हजार पाँच सय २९ घरपरिवारलाई आयआर्जन गर्नका लागि ऋण प्रदान गर्नेछ । सो ऋणबाट महिलाहरुलाई आर्थिक रुपले सक्षम बनाउने कार्यमा जोड दिइने बताइएको छ । 

ट्यागहरू: