Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

गत वर्ष ३६ करोड घाटामा रहेको नेशनल इन्स्योरेन्सले कमायो साढे आठ करोड मुनाफा

२०७३ फाल्गुन २ गते

निजी क्षेत्रको निर्जीवन बीमा कम्पनी नेशनल इन्स्योरेन्स कम्पनीे लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आठ करोड ५१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ३६ करोड ३० लाख रुपैयाँ नोक्सानमा रहेको कम्पनीले यो वर्ष उल्लेख्य रुपमा प्रगती गरेको हो । 

कम्पनीको जगेडा तथा कोषमा पाँच करोेड ६० लाख रुपैयाँ नेगेटिभमा राखिएको भने बीमा कोषमा ८२ करोड नौ लाख रुपैयाँ राखिएको छ । कम्पनीले यो अवधिमा नौ करोड ६३ लाख रुपैयाँ आम्दानी गरी एक  करोड १२ लाख रुपैयाँ खर्च गरेको छ । बीमा शूल्कवापत नेशनलले ३८ करोड एक लाख रुपैयाँ आर्जन गरेको छ भने २५ करोड ५७ लाख रुपैयाँ बराबरको दाबी भुक्तान गरेको छ । कम्पनीले यस अबधीमा १३ हजार आठ सय ४० वटा बीमालेख जारी गरेको छ भने एक हजार एक सय ४६ वटा दाबी भुक्तान गरेको छ ।