दुई वटा बीमा कम्पनीले ठूलो संख्यामा कर्मचारी माग गरेका छन् । निजी स्तरका निर्जीवन बीमा कम्पनीहरु शिखर इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्सले विभिन्न पदका लागि कर्मचारी माग गरेका हुन् ।
सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो कर्पोरेट अफिस र विभिन्न शाखा कार्यालयहरुका लागि कर्मचारी दक्ष कर्मचारी माग गरेको छ। इच्छुक नेपाली नागरिकले १६ फेब्रुअरी अर्थात फागुन ५ गतेभित्रमा एप्लाई गरिसक्नुपर्नेछ ।
त्यस्तै, शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो कर्पोरेट अफिस र विभिन्न शाखा कार्यालयहरुका लागि विभिन्न पदमा एसिस्टेन्ट र अफिसर लेभलका दुई दर्जनभन्दा बढी कर्मचारी माग गरेको छ । अफिसरका लागि कम्तीमा स्नातक उतीर्ण र एसिस्टेन्टका लागि कम्तीमा प्लस दुई उतीर्ण गरेका नेपाली नागरिकलाई फेब्रुअरी २३ भित्रमा आवेदन बुझाउन आह्वान गरिएको छ ।



