Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

सूर्या लाइफ इन्स्योरेन्सका सेयरधनीले पाउने भए ५ प्रतिशत बोनस सेयर

admin २०७३ माघ २३ गते
सेयर:

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको गत विहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव अघि सारेको हो । सञ्चालक समितिको यो प्रस्ताव नियामक बीमा समिति र आगामी वार्षिक साधारण सभाले अनुमोदन गर्न बाँकी छ । 

हाल सूर्या लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ५० करोड रूपैयाँ रहेको छ । कम्पनीले २५ प्रतिशत अर्थात चार बराबर एकको अनुपातमा हकप्रद सेयर बिक्री गरिसकेको छ । यो हकप्रदलाई समेत जोड्दा कम्पनीको चुक्ता पुँजी ६२ करोड ५० लाख रुपैयाँ पुगेको छ । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।