March 27th, 2016

अमेरिकी बैँकविरुद्ध मुद्धा हाल्दै बंगलादेश बैंक 

bangladesh bankबंगलादेश बैंकले एक अमेरिकी बैँकविरुद्ध मुद्धा हाल्ने भएको छ । कानुनी लडाइँ लड्ने भएको छ । साइबर चोरीको चपेटामा परेको बंगलादेशको केन्द्रीय बैंक बंगलादेश बैंकले आफ्नो खाता रहेको अमेरिकी बैंक फेडेरल रिजर्व बैंक अफ न्युयोर्कमाथि कानुनी लडाईँ लड्ने बताएको हो । 
बंगलादेश बैंकको न्युयोर्कमा रहेको खाताबाट ८ करोड १० लाख अमेरिकी डलर बराबरको रकम चोरी भएको थियो । बंगलादेश बैंकले यस विषयमा थप छलपलको लागि अमेरिकी वकिललाई बोलाएको छ । यद्यपी बैंकले मुद्दा भने दर्ता गराएको छैन । न्युयोर्क बैंकको खाताबाट रकम चोरी हुनुमा बैंकको पनि कमजोरी रहेको निष्कर्ष निकाल्दै बंगलादेश बैंकले मुद्दा दायर गर्ने तयारी गरेको हो । 

बंगलादेशको खातामा रहेको रकम फिलिपिन्सको बैंक खातामा पठाउने कार्यमा न्युयोर्क बैंकको ठूलो कमजोरी रहेको आशंका गरिएको छ । चोरी भएपछि बंगलादेशको खाताको विषयमा न्युयोर्क बैंकले आफ्नो प्रणालीमा कुनै खराबी नरहेको बताएको थियो । आफूले एक स्ट्यान्डर्ड प्रणालीबाट सेवा प्रदान गरिरहेको न्युयोर्क बैंकले उल्लेख गरेको थियो । बैंकले सार्वजनिक गरेको विज्ञप्तिमा अहिलेसम्म कुनै किसिमको चोरी फेला नपरेको उल्लेख गरिएको थियो । 

गत मंगलबार मुद्दामा मनिलामा दुई जनालाई पक्राउ गरिएको थियो । उनीहरुको विरुद्धमा अहिले अनुसन्धान भइरहेको छ । साइबरको माध्यमबाट भएको यो सबैभन्दा ठूलो घटना हो । यसले न्यूयोर्क बैंकको विश्वसनियतामाथि ठूलो प्रश्नचिन्ह उठेको थियो । न्युयोर्क बैंकले अहिलेसम्म आफ्नो प्रणालीमा कुनै किसिमको खराबी नरहेको बताउनुले पनि रकमको चोरीको विषय थप रहस्यमय बनेको बताइएको छ । 
बंगलादेश बैंकको रकम चोरी भएपछि बैंकले कुनै प्रभावकारी कदम चाल्न नसकेको भन्दै गभर्नर हटाउने निर्णय गरेको थियो । अहिले बंगलादेश बैंकले आफ्नो खातामा रहेको रकम चोरी भएकोमा न्युयोर्क बैंकको कमजोरी रहेको भन्दै हराएको रकमको पूर्ण क्षतिपूर्ति न्युयोर्क बैंकबाट कानुनी रुपमा लिने जानकारी दिएको छ । बंगलादेश बैंकले खाताबाट चोरी भएको रकमको विषयमा जानकारीका लागि पठाएको ३५ पत्रहरुमध्ये ३० वटा पत्रहरु अमेरिकी बैंकले अस्वीकार गरेको छ । यसले बंगलादेश बैंकलाई कानुनी प्रक्रियामा जानको लागि हौस्याएको हो । (एजेन्सी)


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]