२०८२ चैत्र ८ गते

लघुबित्त कर्मचारी मिलन केन्द्र दिक्तेल खोटाङले ग्लोबल मनी विक मनायो

बैंकिङ खबर / लघुबित्त कर्मचारी मिलन केन्द्र दिक्तेल खोटाङले बालबालीका र यूवाहरुमा बित्तीय साक्षरता अभीवृर्दी गर्दै बित्तीय ज्ञान,सिप र मनोबृतीको बिकास गर्ने उदेस्यको साथ ” Smart Money Talks “भन्ने नाराका साथ ग्लोबल मनी विक (Global Money Week–GMW) भब्यका साथ मनाएको छ। दिक्तेल खोटाङमा संचालनमा रहेका मध्य ११ वटा लघुबित्त बित्तीय संस्था हरुको साझा संगठन लघुबित्त कर्मचारी मिलन केन्द्र दिक्तेल खोटाङको आयोजनामा दिक्तेल रुपाकोट मझुवागढी न.पा का नगर प्रमुखको प्रमुख अतीथीमा बिभीन्न बैङ तथा बित्तीय संस्था बिमा लगायत सरोकारवाला सरकारी निकायहरुको उपस्थीतीमा २०८२ चैत्र ७ गते उक्त कार्यक्रम मनाएको हो। दिक्तेलको रत्नपार्क गेट बाट–याली सुरु भइ जिल्ला समन्वय समिती को सभाहलमा सभा गरी उक्त कार्यक्रम समपन्न भएको हो। उक्त कार्यक्रमको औपचारीक उद्घाटन गर्दै दिक्तेल रुपाकोट मझुवागढी न.पा का नगर प्रमुख लघुबित्त बित्त बित्तीय संस्थाहरुले खोटाङ जील्लाका ग्रामीण क्षेत्रमा रहेका बिपन्न बर्गका महीलाहरुको जिवनस्तर उकास्न महत्वपुर्ण भूमीका निर्वाह गरेको बताउनु भयो।

यसै गरी खोटाङ जील्लाका सहायक प्रमुख जील्ला अधीकारी कोपीला राईले नेपाल राष्ट्र बैक तथा नेपाल सरकारको निती नियम भित्र रहेर संचालनमा रहेका लघुबित्त बित्त बित्तीय संस्थाहरुले महीला हरुलाइ उधमशील बनाउन तथा सानो सानो रकम बचत गर्न घर दैलो सेवा दिइ रहेकोले यस्ता बित्तीय संस्थालाइ संरक्षण गर्नुका साथै स्थानीय स्तरमा कुनै पनी समस्या परेको खण्डमा सहजीकरण गर्ने बताउदै कार्यक्रमको पुर्ण सफलताको शुभकामना ब्यक्त गर्नु भयो । मन्तब्य ब्यक्त गर्ने क्रममा निर्धन उत्थान लघुबित्त बित्तीय संस्था का शाखा प्रमुख टोकराज बस्याल , नाडेप लघुबित्तका अर्जुन ढुङना तथा लघुबित्त बित्तीय संस्था कर्मचारी मिलन केन्द्र दिक्तेल का अध्क्षय बिमल सुवेदीले मनतब्य दिदै कार्यक्रको समापन भएको थीयो। उक्त कार्यक्रम बिभीन्न बैक तथा बित्तीय संस्था ,बिमा कम्पनी तथा बिभीन्न सरकारी निकायहरुको सहभागीतामा सम्पन्न भएको थीयो र उक्त कार्यक्रमको संचालन बाबुराम कार्की ले गर्नुभएको थीयो। दिक्तेल खोटाङमा निर्धन,छिमेक,डिप्रोक्स लगायत हाल १३ वटा लघुबित्त बित्तीय संस्थाले त्यस क्षेत्रका ग्रामीण जनता लाई बित्तीय सेवा दिइरहेका छन।