
बैंकिङ खबर / विश्वव्यापी रुपमा मार्च १६ देखि २४ सम्म सञ्चालन हुदै आएको Global Money Week अन्तर्गत २०८२/१२/०२ मा सम्पदा लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय अमरापुरी नवलपरासीद्धारा गैंडाकोट–१५, नवलपरासी (ब.सु.पू) मा अवस्थित लक्ष्मी माध्यामिक विद्यालयको ९ कक्षामा अध्ययनरत ५० जना भन्दा बढी विद्यार्थीहरुको सहभागीता वित्तीय सचेतना तथा वित्तीय साक्षरता तालिम र शाखा कार्यालय बेलौरीले बेलौरी नगरपालिका वडा नं १० मा संस्थाको सदस्य, अभिभावक र वडाको प्रतिनिधीहरु गरि ४० जनाकोको सहभागितामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
यस संस्थाले आयोजना गरेको वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमको अध्यक्षता लक्ष्मी माध्यामिक विद्यालयका प्रध्यानाध्यापक सुरेन्द्रराज भट्टराईले गर्नुहुँदै वर्तमान अवस्थामा वित्तीय साक्षरताको महत्वको बारेमा आफ्नो धारणासहित सिकेका कुरा हरेकको जीवन व्यवहारमा उतार्न आवश्यक रहेको विषय अवगत गराउनु भएको थियो। उक्त कार्यक्रममा विद्यालयका माध्यामिक शिक्षक टिकाराम सुवेदीले वित्तीय साक्षरताको आवश्यकता सम्बन्धमा महत्वपूर्ण भनाई राख्नुहुँदै कार्यक्रम सफलताको शुभकामना मन्तव्य दिनु भएको थियो। यसै क्रममा संस्थाका नायव महाप्रवन्धक सिताराम पंडितले सहभागि अथिति लगायत सम्पूर्णलाई स्वागत तथा कार्यक्रमको उद्धेश्यको बारेमा प्रष्ट पार्नुभएको थियो। साथै स्थानीय प्रहरी चौकीका प्रमुख सानूकाजी विष्टको टिमले कार्यक्रममा सुरक्षा व्यवस्था गर्नुभएको थियो।
वित्तीय साक्षरता तालिमको सेसन सञ्चालन लक्ष्मी माध्यामिक विद्यालय संस्थाको नायव महाप्रवन्धक सिताराम पंडितले गर्नुभएको थियो। यस सेसनमा Global Money Week, 2026 को मुख्य नारा “Smart Money Talks” तथा बचत, कर्जा कारोबार, विप्रेषण, बीमा, शेयर सम्बन्धी जानकारी, पारिवारिक बजेट निर्माण, सम्भावित वित्तीय ठगीबाट बच्ने उपाय र वित्तीय साक्षरता लगायतका विषयमा आवश्यक ज्ञान प्रदान गरिएको थियो। साथै बेलौरी नगरपालिकामा दुर्गौलि असुली मुकामका असुली तथा अनुगमन अधिकृत कृष्ण रावलले वित्तीय साक्षरताको बारेमा सेसन चलाउनु भएको थियो।
अन्तमाःलक्ष्मी माध्यामिक विद्यालयका विद्यार्थी भाइ बहिनीहरु र संस्थाका कर्मचारीहरुको सहभागीतामा वित्तीय सचेतना आयोजना गरिएको थियो। यसै गरी वित्तीय संस्थाले यस हप्ता भरी चैत २ देखि चैत ८ सम्म देशको सातै वटा प्रदेशको प्रतिनिधित्व हुने गरी बिशेषगरि युवा विधार्थी तथा अन्यलाई समेत लक्षित गरि ग्लोवल मनि विक तथा वित्तीय साक्षरता तालिम सञ्चालन गर्ने योजना रहेको छ ।



