२०८२ मंसिर २९ गते

के अशोक शेरचनले नै गभर्नर हटाउने चेष्टा गरेका हुन् ?

बैंकिङ खबर / आइतबार एकाएक गभर्नर डा. विश्वनाथ पौडेलको राजीनामा माग्दै एउटा जेन्जी समुह सिंहदरवार प्रवेश गर्यो । अर्थमन्त्री रामेश्वर खनाललाई भेट्यो र गभर्नर पौडेललाई बर्खास्थ गर्न भन्दै ज्ञापनपत्र बुझायो । अर्थमन्त्रीले मुसुक्क हाँस्दै ज्ञापनपत्र बुझे । जेन्जी आन्दोलनका क्रममा गभर्नर पौडेको काठमाडौंको घर र चितवनको घर आगलजनी गरिएको थियो ।

यता प्रभु बैंकका सिइओ अशोक शेरचन सीआइबी हिरासतमा छन् । उनी नेकपा एमालेका कार्यकर्ता पनि हुन् । यस अघिसम्म केन्द्रीय बैंकलाई समेत प्रभावित पार्न सक्षम उनी यसपाली राजनीतिक रुपमा कम्जोर देखिए । जेन्जी आन्दोलन नै उनले गरेको कसुर उजागर गर्ने माध्यम बन्यो । बैंकिङ कसुरको छानविनमा परेका शेरचनले नै केही जेन्जीलाई प्रयोग गरेर गभर्नर पौडेलको राजीनामा माग्न लगाएको हिरासतभित्र चर्चा सुरु भएको छ । आइतबार मात्रै शेरचनलाई छुटाउन एउटा शक्ति लागेको थियो । केही बैंकका सिइओ र कर्मचारी सहितको टोलीले सिआइवीसमक्ष शेरचनको जिम्मा लिने बताउँदै हिरासत पुगेका थिए । तर सीआइबीले छाड्न मानेको थिएन । यस घटनामा केही मिडियाले समेत केन्द्रीय बैंकलाई दोष थोपरेर समाचारहरु प्रकाशन गरिरहेका छन् । केन्द्रीय बैंकसँग सीआइबीको पहिलैदेखि सम्वाद हुँदै आएको छ । अशोक शेरचनले केन्द्रीय बैंकको अनुगमन टोलीलाई नै झुटा सुचना र फेक डकुमेन्ट देखाएर उम्कीने गरेको सूचना केन्द्रीय बैंकलाई प्राप्त छ ।

अनुगमन टोलीलाई झुटा विवरण बुझाएर उम्कन सफल उनी यसपाली कठघरामा परेका छन् । बैंकभित्र करप्शन अन्त्य गर्ने प्रतिवद्धता जनाउँदै आएका छन् । उनकै पहलमा बैंकवित्त भित्रको बदमासी बाहिर आउन थालेको छ । गभर्नर पौडेलले आफूलाई पक्राउ गर्न अनुमति दिएको भन्दै प्रभु बैंकका सिइओ अशोक शेरचन गभर्नर प्रति रुष्ट छन् । उनकै योजनामा जेन्जीको एउटा समुह आइतबार गभर्नर पौडेलको राजीनामा माग्न पुगेको समाचार स्रोतको दावी छ । अशोक शेरचनले प्रतिशोध साँधेर केन्द्रीय बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई हटाउन विभिन्न रणनीति बनाएको सीआइबीको हिरासत स्रोतले बताएको छ । 

पछिल्लो समय विग्रिएको अर्थतन्त्र उकास्न गभर्नर पौडेल लागिपरेका मात्रै छैनन् उनी व्यबसायीका पक्षमा समेत उभिएका छन् । अर्थतन्त्र राम्ररी बुझेका उनको असल कार्यको अर्थमन्त्री र शिक्षा मन्त्रीले समेत तारीफ गर्दै आएका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको नियन्त्रणमा रहेका प्रभु बैंकका सीईओ अशोक शेरचनलाई नेपाल बैंकर्स संघले आफ्नो रोहबरमा छोड्न माग गर्यो । तर सीआइबीले अस्वीकार गरेर फिर्ता पठायो । यो घटनाले बैंकवित्तमा घोटाला गर्न पाउँ भन्दै बैंकर्स संघ अघि सरेको देखाउँछ । कसैमाथि अनुसन्धान भइहरेको छ भने निश्पक्ष अनुसन्धान हुन जरुरी छ । यदी गलत भएको छ भने काबार्ही र निर्दोष छ भने सफाइ दिने निकाय छन् । तर ती निकायलाई नै चुनौती दिँदै बैंकरहरू अघि सर्नुलाई सीआइबीले उचित मानेको छैन ।

गभर्नर हटाउन माग गर्दै जेन्जी समुहको एउटा टोली अर्थमन्त्रीसमक्ष