२०८२ मंसिर १५ गते

चाइनामा बैंकिङ घोटाला : ५८० करोड लडरको घोटाला र मृत्यूदण्ड सम्मको सजाय

बैंकिङ खबर /  चीनमा केही यस्ता घटना छन् जहाँ मृत्यूदण्ड सम्मका सजाय भएका छन् । उक्त अनुसन्धानका क्रममा सयौँ व्यक्तिहरु पक्राउ परे । ब्लुमबर्गको पछिल्लो रिपोर्टअनुसार गत २९ अगस्टमा सेन्ट्रल चाइना अथोरिटिजले ५८० करोड डलर अर्थात करिब ७ खर्ब ३९ अर्ब रुपैयाँको बैंकिङ ठगीको मामिलामा ठूलो कारबाही गरेको हो। अहिलेसम्म हेनान प्रान्तको सुचाङ सहरबाट यस घोटालामा संलग्न २३४ जना पक्राउ परेका थिए । अथोरिटिजका अनुसार यो घोटाला प्रकरणमा अझै धेरै व्यक्तिको संलग्न थिए, कैयौ फरार भए ।

रिपोर्टका अनुसार स्थानीय ग्रामीण बैंकमा निक्षेपमा बढी ब्याज दिने प्रलोभन दिएर लाखौँ जनतालाई ठग्ने काम भएको थियो । सुचाङ नगर सरकारले लु यिवेई नामका मुख्य योजनाकारले आफ्ना सहयोगीसँग मिलेर यसअघि हेनानका चारवटा बैंक अवैध रुपमा कन्ट्रोल गरेका थिए। त्यसपछि आरोपितले निक्षेपकर्तालाई प्रतिवर्ष १३ देखि १८ प्रतिशतसम्म ब्याज दिने प्रलोभनमा ठगी गरेका थिए । रिपोर्टका अनुसार आरोपितको आन्हुई प्रान्तमा युझाउ सिनमिन्सेङ भिजेल बैंक थियो। यी बैंकहरुमा हजारौँको खाता छ। घटना विवरणअनुसार २०२२ जुलाई १० मा हजारौँ निक्षेपकर्ता आफ्नो पैसा फिर्ता लिन पिपुल्स बैंक अफ चाइनाको झेग्झोङ शाखाबाहिर पुगेका थिए। यो भीड नियन्त्रण गर्न बैंकबाहिर तोपा तैनाथ गरिएको थियो। यो भीड जम्मा हुनुको मुख्य कारण हेनानका बैंकहरुमा ग्राहकहरुले आफ्नो पैसा निकाल्न नसक्ने थाहा पाएका थिए।

सेन्ट्रल चाइना अथोरिटिजले ५८० करोड डलर घोटाला गरेको घटना अत्यन्तै ठुलो मानिन्छ । यो घोटाला चिनको सबैभन्दा ठूलो वित्तीय घोटाला हो, जसमा एवरग्रान्डे नामक कम्पनीले आफ्नो आयलाई बढाइचढाइ गरेको आरोप लगाइएको छ। एवरग्रान्डेको संस्थापक, जु जियायिनलाई ४७ मिलियन डलरको जरिवाना र शेयर मार्केटबाट आजीवन प्रतिबन्ध लगाइएको छ । यो घोटालामा चिनको केन्द्रीय सरकारले एवरग्रान्डेको विरुद्ध कडा कारबाही गरेको छ, जसमा कम्पनीको सम्पत्तिको जफत र प्रमुख अधिकारीहरूको गिरफ्तार समावेश छ।

चिनमा हालैका वर्षहरूमा धेरै ठूला घोटालाहरू भएका छन्, जसमा ली जियानपिंग नामक अधिकारीले ४२१ मिलियन डलरको घोटाला गरेको आरोप लगाइएको छ। उनलाई मृत्युदण्ड सुनाइएको छ ।