२०८२ मंसिर १४ गते

आखिर कसले फैलायो दीपक भट्टको घरमा सिआइबी छिरेको हल्ला ?

बैंकिङ खबर/ व्यापारी दीपक भट्टको सानेपास्थित घरमा केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी ले छापा मारेको भन्ने हल्ला सत्य नभएको भेटिएको छ। एकाएक भट्टको घरमा सिआईबीको छापा भन्ने हल्लासँगै केहि संचारमाध्यममा समेत उक्त बिषय सनसनीपूर्ण तरिकाले फैलियो। तर, सिआईबीले भने यो बिषय सत्य नभएको बताएको छ। सिआईबीका प्रवक्ता सिवकुमार श्रेष्ठले उक्त बिषय सिआईबीको जानकारीमै नभएको बताए। सिआईबीका अनुसार उक्त हल्ला पूर्णतया भ्रम फैलाउने उद्देश्यले चलाइएको हो।

सामाजिक सञ्चालदेखि केही अनलाइनसम्म फैलाइएको “सिआइबीको छापा” सम्बन्धी समाचारलाई सिआइबीले नै अस्विकार गरेसँगै यो हल्ला कसको स्वार्थमा फैलाइयो भन्ने बिषय चौतर्फी चासो बनेको छ। यस आरोपलाई भट्ट स्वयमले पनि अस्विकार गरेका छन्, उनी भन्छन् “यो सबै म र मेरो व्यवसायीक करियरमाथि बद्नाम गराउने षडयन्त्र हो। मेरो घरमा सिआईबी आएको कुरा मलाई नै थाह छैन। ” भट्टका अनुसार यो कसैको स्वार्थमा उनलाई बदनाम गराउन फैलाइएको नियोजित अफवाह हो।

सिआईबीका अधिकारीहरुका अनुसार भट्टसँग सम्बन्धित कुनै पनि बिषयमा सिआइबीले न त छापा मारेको छ, न त कुनै अनुसन्धान टोली परिचालन गरेको छ। एकाएक फैलिएको अफवाह तथा भ्रामक कुरालाई आधार सूचना सम्प्रेषण नगर्न सिआईबीले आग्रह गरेको छ।
साथै, यो कसैको निहित स्वार्थ र राजनीतिक उदेश्य पूरा गर्न गरिएको नियोजित तथा बनावटी काम भएको हुनसक्ने आशंका प्रहरीकै अधिकारीहरूले व्यक्त गरेका छन्।