२०८२ मंसिर १४ गते

व्याजदर स्थायीत्वमा भारतको जोड, पाँचबर्षपछि बल्ल व्याजदरमा परिवर्तन !

बैंकिङ खबर / भारतले व्याजदर स्थायीत्वमा जोड दिँदै आएको छ । हालै भारतले पाँच वर्षपछि ब्याजदरमा परिवर्तन गर्दै व्याजदर घटाएको छ । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाले आधार रिपो दरलाई २५ आधार बिन्दुले घटाएको हो । भारत विश्वको पाँचौं ठूलो अर्थतन्त्र भएको देश हो । महँगी नियन्त्रित अवस्थामा रहेका बेला उच्च दरको आर्थिक वृद्धि गर्ने लक्ष्यसहित आरबीआईले यस्तो कदम चालेको हो ।

आरबीआईले वाणिज्य बैंकहरूलाई ऋण दिने आधार रेपो दर २५ आधार अङ्कले घटाएर ६.२५ प्रतिशतमा झारेको छ । विश्वका प्रमुख केन्द्रीय बैंकहरूले गत वर्ष ब्याजदरमा कटौती गरेका थिए । केहीले पुरानै दरलाई जारी राखे पनि सुस्त मुद्रास्फीति रहेकाले भारतले व्याजदर चलाएको थिएन ।

देशमा खुद्रा मुद्रास्फीति अहिले निकै कम भएको छ । गत बर्षको सक्ष्मिक्षामा महँगी दर ५.२२ प्रतिशतमा झरेको छ । यस्तो दर अझै पनि केन्द्रीय बैंकको मध्यम अवधिको ४ प्रतिशतको लक्ष्यभन्दा माथि छ । मूल्य दबाब कम हुँदै गएकोले अब आर्थिक वृद्धि हासिल गर्नेमा ध्यान केन्द्रित गर्ने भएको छ ।

आरबीआईका गभर्नर सञ्जय मल्होत्राले आफ्नो मौद्रिक नीति समीक्षामा मुद्रास्फीति ‘२०२५–२६ मा थप मध्यम हुने अपेक्षा गरिएको’ र यसमा सुधार हुने अपेक्षासहित यो मूल्यबृद्धि गत वर्षको तुलनमा ‘धेरै तल’ रहेको बताएका छन्।

मल्होत्राले आफ्ना निवर्तमान गभर्नर शक्तिकान्त दासभन्दा कम कडा दृष्टिकोण अपनाएको देखिन्छ । दासले मुद्रास्फीतिसँग लड्न सन् २०२२ मे र सन् २०२३ फेब्रुअरीको बीचमा दरहरू २.५ प्रतिशत अङ्कले बढाएका थिए । केन्द्रीय बेंकले बैंकले पछिल्लो पटक सन् २०२० मे महिनामा व्याजदर घटाएको थियो ।