
बैंकिङ खबर / कालो सूचिमा पर्ने व्यबसायीहरुको संख्या एकलाख भन्दा बढी हुनुले देशको अर्थतन्त्र राम्रो छैन भन्ने संकेत गरेको सारोकारवालाले बताएका छन् । व्यबसायीलाई राहत दिनका लागि सरकार, व्यबसायी र बेंकवित्त तीन पक्ष मिलेर एउटा रोडम्याप बनाउनुपर्नेमा उनीहरुले जोड दिए । शुक्रबार बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको कार्यक्रममा बोल्दै देशको कम्जोर वातावरणमा तीनमध्ये कुनै एउटा पक्षले मात्रै चाहेर अर्थतन्त्रमा सुधार हुन नसक्ने बताए ।

कार्यक्रमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले कालो सूचिमा परेका व्यबसायीहरुका समस्या समाधान गर्ने उपायको खोजि भइरहेको बताए । उनले उद्यमी र व्यबसायीले लगानी गर्ने वातावरण कम्जोर भएको उल्लेख गर्दै जेन्जी आन्दोलन मात्रै यसको कारण नभएको उल्लेख गरे । शुक्रबार बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको कार्यक्रममा बोल्दै उनले सबैतिरबाट कडाइ गरेर मौ उद्यमशीलताको विकास हुन नसक्ने भन्दै बैंक वित्तीय संस्थाको स्थिति सुधार हुनका लागि पनि व्यबसायीको अबस्थामा सूधार हुन जरुरी रहेको बताए । गभर्नर पौडेलले लोन लस प्रोभिजनको हालको अबस्थामा परिवर्तन गर्ने संकेत गर्दै अन्तर्राष्ट्रिय अभ्यासलाई मध्यनजर गर्दै आगामी रणनीति तयार गर्ने बताए । उनले सानो सानो रिटेलका कामहरू पनि राष्ट्र बैंकले गर्दै आइरहेको उल्लेख गर्दै ती कामहरु बैंक तथा वित्तीय संस्थाबाटै गर्ने व्यवस्थाको तयारी भएको पनि बताए । अहिलेको पुस्ता डिजिटलाइजेशनमा अत्याधिक रहेको हुँदा लगानीका क्षेत्र पनि त्यसतर्फ उन्मुख भएकोमा जोड दिए । व्यबसायीक वातावरण तयार गर्न र त्यसमा सहजिकरण गर्न आफू तत्पर रहेको उनको भनाई छ ।
कार्यक्रममा बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्ष उपेन्द्र पौड्यालले बैंकिङ्ग क्षेत्र इतिहासकै दबाब अबस्थामा रहेको बताउ । उनले बर्तमान अबस्थामा सरकार, नीजि क्षेत्र र बेंकवित्त मिलेर अघि बढ्नुपर्ने उल्लेख गरे । बैंक तथा वित्तीय संस्थाको गैर बैंकिङ सम्पत्ति बिक्री गर्न नसक्ने अबस्था सृजना हुनु चुनौती भएको बताए। उनले बैंकिङ्ग क्षेत्रमा बढ्दो एआईको प्रयोगलाई नियालेर एआई केन्द्रीत बैंकिङ क्षेत्रको विकास जरुरी भएको बताए । उनले वित्त क्षेत्र अब्बल हुँदा मात्रै व्यवसायीहरु बलियो हुने बताए । उनले नेपाली बैंकवित्तमा विदेशी लगानी भित्राउन सके ठुलो लगानीको वातावरण बन्न सक्नेतर्फ ध्यानाकर्षण गराए ।

लघुवित्त बैंकर्स संघका अध्यक्ष राम बहादुर यादवले अर्थतन्त्र सुधार गर्न एवं उद्यमशीलताको विकास गर्न बैंकवित्तले मात्रै चाहेर सम्भव नहुने उल्लेख गरे । उनले सरकार, गैरसरकारी निकाय र नीजि क्षेत्रबीच समन्वयन भएर मात्रै आर्थिक सुधार सम्भव भएकोमा जोड दिए ।

यस्तै नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्रराज पाण्डेले बैंकहरुमा खर्बौँ लगानीयोग्य रकम भएपनि लगानीको वातावरण बन्न नसक्दा लगानीकर्तामा उत्सिाह नभएको बताए । उनले लगानी गर्नमा लागि सुरक्षित वातवरण तथा राज्यको प्रतिबद्धतामा कमी महसूस भएको बताए । नेपाल चेम्बर अफ कमर्शमा अध्यक्ष कमलेश अग्रवालले बैंकवित्त, सरकार र नीजि क्षेत्रको समन्वयनमा मात्रै अर्थतन्त्र सूधार गर्न सकिने धारणा व्यक्त गरे ।


त्यसैगरी नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले जेनजी आन्दोलनपछि बैंकवित्तमा दबाब बढेको उल्लेख गरे । नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले कोभिडपछि आर्थिक सुधारमा राज्य चुकेको बताए । उनले लगानी गर्ने समयमा सरकारी नीतिका कारण व्याज महंगो भएको र अहिले त्यसैको परिणाम देखिएको उल्लेख गरे ।
