बैंकिङ खबर । सानिमा बैंक लिमिटेडको नयाँ प्रमुख कार्यकारी अधिकृतमा पवन कुमार आचार्य नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको कात्तिक २४ गते बसेको बैठकले उनलाई बैंकको सीईओमा नियुक्त गरेको हो । आचार्यलाई आगामी चार वर्षका लागि सीईओ पदमा नियुक्त गरिएको बैंकले जनाएको छ । आचार्य हाल सानिमा बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहँदै आएका थिए ।
