Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सानिमाले बनायो बैंकभित्रैबाट पवन कुमार आचार्यलाई नयाँ सिइओ

२०८२ कार्तिक २५ गते

बैंकिङ खबर । सानिमा बैंक लिमिटेडको नयाँ प्रमुख कार्यकारी अधिकृतमा पवन कुमार आचार्य नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको कात्तिक २४ गते बसेको बैठकले उनलाई बैंकको सीईओमा नियुक्त गरेको हो । आचार्यलाई आगामी चार वर्षका लागि सीईओ पदमा नियुक्त गरिएको बैंकले जनाएको छ । आचार्य हाल सानिमा बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहँदै आएका थिए ।