बैंकिङ खबर । बैंकवित्तले जो कसैलाई विना धितो कर्जा दिन मिल्दैन । कर्जा दिँदा ऋणको धितो मूल्यांकन गनुपर्ने हुन्छ । कुल धितोको अनुपातमा केन्द्रीय बैंकले तोके बमोजिम धितो सहित व्याज तिर्नेगरी डकुमेन्टमा हस्ताक्षर गरेर मात्रै कर्जा स्वीकृत गरिन्छ ।
प्रभु बैंकका सिइओ अशोक शेरचनले व्यबसायीक र नीजि स्वार्थका लागि यी सबै कुरा लत्याएर आफूमात्रै होइन अरुलाई पनि फसाउने काम गरेका छन् । बैंकिङ खबरले गरेको रिसर्च अनुसार प्रभु बैंकका सिइओ अशोक शेरचन राजनीतिक रुपमा र व्यक्तिगत रुपमा हाबी हुँदै जाँदा अत्यन्तै महत्वकाँक्षामा लाग्छन् । अहिले बैंकिङ कसुरको आरोपमा अनुसन्धानको दायरामा आएका उनका कारण प्रभु बैंकका पूर्व अध्यक्ष देवी प्रकाश भट्टचन, प्रभु पे वालेट तथा प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुशुम लामा र उनी आफैमाथि सीआइबीबाट अनुसन्धान भइरहेको छ । यो अनुसन्धान उनकी श्रीमति सावी शेरचन, हाल अमेरिकामा रहेकी शेरचनकी छोरी, जानकी मेडीकल कलेज, पद्म कोलोनी र हेल्लो पैसामा पार्टनरसीप गरेका उनकै ससुरा र आफन्तहरु समेत अनुसन्धानको दायरामा आउने देखिएका छन् । उनीहरुसँग क्रमश बयान लिइने योजना सिआइबीले अघि सारेको छ । सीआइबीले शुक्रबार मात्रै प्रभु बैंकमा छापा मारेर डकुमेन्टहरु जफत गरिसकेको छ ।
यस रिपोर्टमा सीआईबीले अनुसन्धान गरिरहेको प्रभु बैंकका सिइओ अशोक शेरचनको बैंकिङ कसुरको फेरिविस्तार मात्रै गरिएको छैन प्रभु ग्रुपको उदयसँगै शेरचनको महत्वकाँक्षाले एउटा घराना ग्रुपको सांराज्य कसरी ढल्यो अनि आफैले संरक्षण गरेका कम्पनीबाट कसरी बैंकिङ कसुरको घटनाक्रम सुरु भयो भन्ने विषय समेटीएको छ ।
प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रभु बैंकको हेड अफिसमा छापा मारेर महत्वपूर्ण कागज जफत गरेको छ । सिआइबीको अनुसन्धानपछि सिइओ अशोक शेरचन फरार रहेका छन् । फेसबुक पेजमा रमाउने गरेका अशोक शेरचनले बैंकमा सीआइबीले छापा मारेपछि फेसबुक पेज र व्यक्तिगत फेसबुक आइडी पनि हाइड गरेका छन् ।
घटनाक्रम सुरु हुन्छ यसरी :
प्रभु म्यानेजमेन्ट कम्पनी प्रभु मनि ट्रान्सफरको सव एजेन्ट कम्पनी हो । वाग्लुङका देवी प्रकाश भट्टचनले प्रभु मनि ट्रान्सफर र प्रभू फाइनान्स कम्पनी संचालन गर्दै थिए । प्रभु मनि ट्रान्सफरले विदेशबाट राम्रो रेमिट्यान्स भित्राउँदै थियो । यसलाई व्यवस्थित गर्न र थप नाफा कमाउन भट्टचनले प्रभु म्यानेजमेन्ट कम्पनी खडा गरेर कुशुम लामालाई जिम्मेवारी दिएका थिए । जतिवेला अशोक शेरचन प्रभू फाइनान्स कम्पनीका सिइओ थिए । उनी भट्टचनका बैनी ज्वाई भएकै कारण उनलाई भट्टचनलेनै फाइनान्स कम्पनीको जिम्मेवारी दिएका थिए । फाइनान्स कम्पनी र मनि ट्रान्सफरको कार्यालय लैनचौरमा एउटै विल्डिङमा थियो ।
यसपछिको अध्यायमा प्रभु म्यानेजमेन्ट र प्रभु कोपरेटीभको पनि संचालनमा आउँछन् । म्यानेजमेन्ट र कोअपरेटीभको कार्यालय गैरीधारामा एउटै विल्डीङमा राखिन्छ । हरेक देशबाट रेमिट्यान्स भित्रिएको र त्यहाँबाट अत्याधिक आम्दानी भएको तथ्यलाई अशोक शेरचनले नजिकबाट बुझ्छन् । यतिवेलासम्म प्रभु म्यानेजमेन्टले नै प्रभू मनि ट्रान्सफरको सम्पूर्ण व्यबस्थापनको जिम्मेवारी लिन्छ । जसको नेतृत्व कुशुम लामले लिएकी हुन्छीन् ।
जव प्रभू फाइनान्स कम्पनीलाई विकास बैंक हुँदै प्रभु बैंकमा रुपान्तरण गरिन्छ त्यो अबस्थामा बैंकको सिइओ बन्नका लागि अशोक सेरचनलाई कुशुम लामाको पनि साथ आवश्यक रहन्छ । कुशुम लामा, दक्ष पौडेल र देवी प्रकाश भट्टचन बैंकका सन्चालक हुन्छन् । भट्टचनका व्यबसायीक पार्टनर र बैंक संचालकका रुपमा कुशुम लामा भएका कारण अशोक शेरचनलाई कुशुम लामाको साथ आवश्यक हुन्छ ।
अशोक शेरचन र प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुशुम लामाको सम्बन्ध व्यबसायीक साझेदारका रुपमा यहाँबाट सुरु हुन्छ । घटनाक्रम अनुसार अशोक शेरचनले प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनसँग फाइदा लिनका लागि पनि कुशुम लामालाई हात लिनुपर्ने देखिन्छ । किन कि कुशुम लामा भट्टचनको रेमिट्यान्स पार्टनरमा दाहिने हात मानिएकी पात्र थिइन् । जुन समयमा विश्वभरीबाट नेपालीले पठाएको खरबौं रेमिट्यान्स प्रभु मनि ट्रान्फरले भित्राउँथ्यो । त्यसमा बैंक आफू पनि जोडीएको थियो । त्यसको सबै जिम्मेवारी कुशुम लामाले लिएकी थिइन् । लामालाई भट्टचनले विश्वास पात्रका रुपमा राखेका थिए । भट्टचनले यसै शीलशीलामा विभिन्न फाइनान्स र बैंकवित्त मर्जर गरेर प्रभु बैंक खडा गर्ने योजना बनाए । जुन योजनामा भट्टचन, शेरचन र लामाको सामुहिक पहल सुरु हुन्छ । यो सबै आम्दानी रेमिट्यान्स कम्पनीका कारण सम्भव भएको कुरा अशोक शेरचनले नजिकबाट देखेका थिए ।
बैंकलाई के गर्दा राम्रो के गर्दा नराम्रो भन्ने कुरा बैंकको सिइओलाई ज्ञान हुनुपर्छ । बैंकको संचालक वा अध्यक्षले बैंकिङ कसुर लाग्ने काम गर्न उक्साए भने पनि हुँदैन भनेर कारणसहित उसलाई बुझाउने तागत सिइओमा हुनुपर्छ जसलाई मोटो रकम खर्चेर बैंकले जिम्मेवमरी सहित सिइओमा नियुक्ति गरेको हुन्छ । तर यहाँ भने बैंककै सिइओले अध्यक्षलाई उक्साएको पाइन्छ ।

बैंकिङ कसुर लाग्ने त्यो ५५ करोडको कर्जा
त्यो समय रेमिट्यान्स कम्पनी मार्फत विदेशबाट रकम भित्रिने स्वर्णीम युग थियो । कुशुम लामालाई हात लिनका लागि अशोक शेरचनले प्रभु म्यानेजमेन्ट कम्पनीलाई ५ सय ५० मिलियन अर्थात ५५ करोड रुपैयाँ विना व्याज र विना धितोमा प्रभु बैंकबाट रकम दिएको देखिन्छ । प्रभु बैंकले नेपाल राष्ट्र बैंकको नितीलाई ठाडै चुनौती दिएर पठाएको सोही रकम अहिले अशोक शेरचनका लागि बैंकिङ कसुरको ठुलो प्रमाण बनेको छ । यसबाहेक रेमिट्यान्स गर्दा विदेशमै पैसा लुकाउने रणनीतिका योजनाकार पनि उनै अशोक शेरचन नै देखिन्छन् । उनकै योजना बमोजिम भट्टचनले काम गरेको देखिन्छ । २३ मार्च २०१८ को समयसिमासम्म अशोक शेरचनले प्रभु म्यानेजमेन्टमा ५५ करोड र प्रभु मनि ट्रान्सफरका नाममा १ अर्ब ८० करोड रुपैयाँ पठाएको विभिन्न सर्कुलरबाट देखिन्छ । यस बाहेक विदेशमै लुकाएको रकमको यकिन डाटा प्राप्त हुन सकेको छैन ।
वेनिफिट नमिलेपछि यसरी विग्रिदै गयो सम्बन्ध
विदेशबाट रेमिट्यान्स राम्रो भित्रिरहेको थियो । प्रभु रेमिट्यमन्सकै कारण म्यानेजमेन्ट कम्पनीले नाफा कमाउँदै गएको थियो । यसै बेला प्रभु पे वालेटको सुरुवात हुन्छ । प्रभु पे वालेट र प्रभु मनि ट्रान्सफरको सम्पूर्ण जिम्मेवारी भट्टचनले लामालाई दिन्छन् । कुशुम लामा व्यबसायीक पार्टनर भएका कारण र रेमिट्यान्समा राम्रो म्यानेजमेन्ट गरेका कारण भट्टचनले उनलाई बढी विश्वास गर्नु स्वभाविकै थियो । यसै बेला प्रभु टीभिको पनि सुरुवात हुन्छ । यसबाहेक एम सप, ईशिक्षा लगायतका अरु केही थप व्यबसाय पनि कुशुम लामाको नेतृत्वमा सुरु हुन्छ । प्रभु वालेट र प्रभु मनि ट्रान्सफरले डिजिटल भुक्तानीबाट रेमिट्यान्स भित्राउने क्रम सुरु हुन थाल्दछ । यी विषयमा कुशुम लामाले अशोक शेरचनसँग समन्वयन नगरी भट्टचनसँग मात्रै समन्वयन गरेको देखिन्छ । जव कुशुम लामालाई प्रभु पे वालेटको बजार विस्तार गर्ने जिम्मेवारी आइपर्छ अनि उनी प्रभु बैंकका सिइओ अशोक शेरचनसँग समन्वयन गर्न पुगेकी हुन्छीन् । प्रभु बैंक र प्रभु पे वालेटबीच एउटा संझौता हुन्छ । तर उक्त संझौतामा बेनिफिट शेयर गर्ने कुरा खुलाइएको हुँदैन । र अशोक शेरचनले चाहेको बेनिफिट पाउन सक्दैनन् । यहीँबाट सुरु हुन्छ सम्बन्ध विग्रने कार्य । यतिबेला कुशुम लामा प्रभु बैंकको संचालकबाट विदा भएकी हुन्छीन् । यो समयमा अशोक शेरचनलाई कुशुम लामाले एकलौटी वेनिफिट लिएको तथा भट्टचनले पनि आफूलाई भन्दा लामालाई बढी सहयोग गरेको महशूस गर्दछन् । जुन समय शेरचनलाई बैंकमा टिकीरहनका लागि कुशुम लामाको साथ आबश्यक थिएन । शेरचन दोस्रो कार्यकालका लागि सिइओ बनिसकेका थिए ।
प्रभु बैंकले केन्द्रीय बैंकलाई समेत छलेर प्रभु म्यानेजमेन्टलाई रकम दिँएको, रेमिट्यान्स कम्पनीलाई सहयोग गरेको तर आफूले सो अनुसार वेनिफिट नपाएपछि शेरचन लामासँग टाढा हुन पुग्छन् । कुशुम लामाको अपत्यारीलो प्रगति पनि यसको अर्को कारण बन्न पुग्दछ ।
अशोक र कुशुमको रिसिविको शिकार भए भट्टचन
कुशुम लामालाई कम्जोर बनाउनका लागि अशोक शेरचनले पहिलो पात्र छनौट गरे प्रभु म्यानेजमेन्ट कम्पनीका माथिल्लो तहमा कार्यरत पात्र दक्ष पौडेल । जो प्रभु सहकारीको नेतृत्व गरीरहेका थिए । पौडेल प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनले पनि उत्तिकै रुचाईएका पात्र थिए । नेपाली काँग्रेससँग नजिक थिए पौडेल, लामा र भट्टचन पनि काँग्रेसका कार्यकर्तानै थिए । कुशुम लामालाई कम्जोर बनाउने रणनीतिमा लागेका अशोक शेरचन भने एमालेका थिए । विशेष गरेर उनी तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले नेता गोकुल बाँस्कोटासँग नजिक थिए ।
प्रभु पे वालेट, प्रभु म्यानेजमेन्ट र प्रभु रेमिट यसरी ढल्न पुगे
यो समयसम्म प्रभु पे मोवाइल वालेट पनि उचाईमै पुगेको थियो । यसमा पनि कुशुम लामानै हावी थिइन् । प्रभु पेलाई प्रभु बैंकले साथ नदिएको भन्दै लामा शेरचनसँग रुष्ट हुन पुग्छीन् । त्यसमाथि दक्ष पौडेललाई अशोक शेरचनले म्यानेजमेन्टबाट हटाएर प्रभु बैंकमा लगेको कुरा उनलाई मन परेको थिएन । जुन कुरा उनले देवीप्रकाश भट्टचनललाई रिपोर्ट गर्दछिन् । अशोक शेरचनले पनि यी कुराहरु भट्टचनसँग अलग्यै लैजान्छन् । अब भने लामालाई अलग गर्न खोजेपछि विवाद त्रिपक्षिय ढंगले अघि बढ्छ ।
यसैक्रममा अशोक सेरचनले प्रभु बैंककै नाममा रेमिट्यान्स कारोबार गर्नेगरी प्रभु रेमिट संचालनमा ल्याउँछन् । त्यसपछि प्रभू मनि ट्रान्सफरले गर्ने सबै कामहरु बैंक आफैले गर्न पुग्दछ । अशोक शेरचन यतिबेला भट्टचनलाई हात लिएर कुशुम लामालाई एक्लो बनाउने र लामाको विजनेस धरासायी बनाउने भित्रि रणनीति अनुसार अघि बढ्छन् ।
यसैबेला राष्ट्रपति विद्या भण्डारीसँग निकट भएका अशोक शेरचनले आफूलाई र देविप्रकाश भट्टचनलाई सम्मान गराउन लगाउँछन् । सोही अनुसार प्रवल जनसेवा श्री चतुर्थबाट अशोक शेरचन र सुप्रवल जनसेवा श्री तृतीयबाट देविप्रकाश भट्टचनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मानीत गर्दछिन् । यो सम्मानले पनि देविप्रकाश भट्टचनलाई र अशोक शेरचनलाई आफू ठुलो मानिस भएको भ्रम सिर्जना गरिदिन्छ ।
राजनीतिक उथलपुथलसँगै शक्तिको उन्माद यसरी उम्लीयो
यही पेरीफेरीमा नेपाली काँग्रेसमा लामो समय विताएका देवी प्रकाश भट्टचनलाई साँसद बन्न मन थियो । तर नेपाली कांग्रेसले टिकट पनि नदिने र समानुपातीकमा पनि पछाडितिर राख्ने अबस्था आएको हुन्छ । अशोक शेरचनले भट्टचनको मनको कुरा बुझ्न पुग्दछन् । र एमालेमा प्रवेश गर्ने भए आफूले विद्या भण्डारीसँग कुरा राख्न सक्ने बताउँछन् । जे कार्यमा पनि पैसा खर्च गर्ने भट्टचनको आनीबानी शेरचनलाई राम्रोसँग थाहा थियो । एमालेलाई केही मोटो रकम दिनेगरी एमालेको समानुपातिक कोटामा भट्टचनलाई साँसद बनाउने प्रस्ताव लिएर अशोक शेरचन विद्यादेवी भण्डारीसमक्ष पुग्छन् । भण्डारीकै सहयोगमा ओलीसँग पनि शेरचन र भट्टचनको सम्बन्ध राम्रो बन्न पुग्दछ । निवास पुग्न सफल हुन्छन् । भाटभटेनीका मिन बहादुर गुरुङलाई साँसद बनाउन तयार भएका केपी ओली एकाएक मोडीन्छन् । मिनबहादुरले साँसद बन्न खासै चासो पनि नदिएका कारण सो ठाउँमा भट्टचनलाई समानुपातीक साँसद बनाउने गरी फाइनल कुरा अघि बढ्छ । समानुपातिक आँसद बन्ने पक्का भएपछि भट्चनले करिव २० बर्ष सेवा गरेको नेपाली काँग्रेस परित्याग गर्छन् र एमालेमा प्रवेश गर्छन् ।
राजा जस्तै शक्तिशाली ती अशोक शेरचन
अब अशोक सेरचन अलिअलि होइन अत्याधिक शक्तिशाली बन्न पुग्छन् । केन्द्रीय बैंकमा आफ्नै पार्टीका गभर्नर महाप्रसाद अधिकारी आउँछछन् । प्रभु बैंकमा धेरै हिस्सा शेयर भएका देवी प्रकाश भट्टचन सबैभन्दा विश्वासका पात्र हुन्छन् जसलाई शेरचल साँसद बनाउन सफल हुन्छन् । आफू साँसद बन्न पाएकोमा भट्टचन पनि शेरचनले जे भन्यो त्यही मान्ने अबस्थामा पुग्छन् । कुशुम लामालाई कम्जोर बनाउन सफल भएका उनले आफू बलियो बन्नका लागि केन्द्रीय बैंकलाई प्रयोग गरेर रेमिट्यान्सको क्षेत्रमा विभिन्न नीतिहरु समेत बदल्न सफल भएको चर्चा बजारमा छ । आन्तरिक रेमिट्यान्सको दायरा घटाइदिने, रेमिट्यान्स कम्पनीले सव एजेन्ट राख्न नपाउने व्यबस्था गराउने काममा नीतिगत उनैको हात रहेको बताउँछन् केन्द्रीय बैकका एक पूर्व कार्यकारी निर्देशक । जसका अनुसार महाप्रसाद अधिकारी भन्दा अशोक शेरचनको नीति केन्द्रीय बैंकमा लागु हुने गर्दथ्यो । त्यो समय बुझ्नेहरु भन्छन् ‘बरु गभर्नरलाई भेट्न सजिलो थियो तर अशोक शेरचनलाई भेट्न मुुश्कील ।’
जेन्जी आन्दोलनले सिध्यायो शक्तिको केन्द्र
केन्द्रीय बैंकमा गभर्नर फेरिए, आफैले साँसद बनाएका भट्टचनको साँसद पद नै गयो । यहाँसम्म त ठिकै थियो उनै भट्टचनलाई साँसद बनाएबापत पाउनु पर्ने पुरै रकम नपाएपछि नेकपा एमालेले रकम भुक्तानी गर्न ताकेता गरीरहेको छ अहिले । जुन रकम अशोक शेरचनले अपचलन गरेको एमालेका केही साँसदहरुले आरोप लगाउँदै आएका छन् । यस विषयमा एमाले पार्टी कार्यालयसँग बैंकिङ खबरले प्रमाण माग्दा साँसद बनाउँदाको व्यक्तिगत लेनदेन भएका कारण एमाले कार्यालयले प्रमाण दिन नसकिने बताएको छ ।
यस अघि नै रकम दिन आलटाल गरेको र रकमकै कारण अशोक शेरचनको पछिल्लो समय एमाले नेतृत्वसँगको सम्बन्धमा दरार आएको पार्टी निकट व्यक्तिहरुले बताउने गरेका छन् । एमालेका एक नेताको दावी अनुसार शेरचनले भट्टचनलाई साँसद बनाएबापतको ७० प्रतिशत रकम एमाले पार्टीलाई बुझाउन बाँकी छ । पछिल्लो समय विद्या भण्डारीलाई सक्रिय राजनीतिमा धकेल्ने योजनाकारका रुपमा पनि शेरचन भएको एमालेका एक नेताले बताएका छन् । सोही अनुरुप भण्डारीको चिन भ्रमणका बेला देवीप्रकाश भट्टचनलाई अशोक शेरचनले नै पठाएको बताइन्छ । अहिले भण्डारीको राजनीति पनि यो घराना ग्रुप कम्जोर भएसँगै कम्जोर हुन पुगेको एमालेका ती नेताको दावी छ ।
देवी प्रकाश भट्टचन विकासप्रेमि व्यक्ति हुन् । साँसद भएपछि र हुनुभन्दा अघि पनि उनको पहलमा वाग्लुङमा धेरै विकास भएको देखिन्छ । सामाजिक काम गर्न पाउँदा खुसी हुने भट्टचन सहकारी व्यबस्थापन गर्नमा, आफ्नै कम्पनीको व्यबस्थापन गर्नमा तथा राजनीतिक शक्तिमा पुगेको उन्मादसँगै अशोक शेरचनको कुरालाई लिएर व्यबसायीक पार्टनर कुशुम लामासँगको व्यबसायीक यात्रामा चुकेको देखिन्छ । जुन कुराले सबैभन्दा पहिले अर्थात उनको व्यबसायमा भिलेन खेलेका पात्रहरु भन्दा पहिले उनी आफै सीआइवीको फन्दामा परे । उनी प्रभु म्यानेजमेन्टले विभिन्न सहकारी संस्थालाई प्रभु रेमिटबाट रेमिट्यान्स कारोबार गर्नका लागि राखिएको धरौटी बापतको रकम भूक्तानी नगरेका कारण सहकारी ठगीको अभियोगमा सीआइबीको हिरासतका छन् ।
शेरचनकै कारण भट्टचनले छोडेका थिए कुशुम लामाको साथ
साँसद बनेपछि अशोक शेरचनकै प्लानमा कुशुम लामासँगको पार्टनरसिपमा रहेका सबै कम्पनीको सेयर विक्रि गरेर लामासँगको व्यबसायीक सम्बन्ध अन्त्य गरेका थिए भट्टचनले । सामान्य केही लेनदेनमा भने कुरा नमिलेको बताइन्छ । शेरचन र भट्टचनले साथ छोडेपछि कुशुम लामाको व्यबसाय कम्जोर मात्रै होइन ध्वस्तको बाटोतीर अघि सर्छ ।
अहिले यो विवादसँगै परेका मुद्धामामिलाहरु एकले अर्कोलाई सिध्याउने रणनीतिमा केन्द्रीत देखिन्छ । आन्तरिक व्यबसायीक द्धन्द्ध सहकारीको रकमसम्म पुग्छ । जुन घटनाक्रमका सबै फेरिविस्तार सिआइवीले खोजिरहेको छ । अनुसन्धानको यही घेरामा रहेका अशोक शेरचन अन्तत प्रभु बैंकबाट कुशुम लामासँग पार्टनरशीप गर्नका लागि विना धितो र विना व्याज म्यानेजमेन्टलाई दिएको ५५ करोड र मनि ट्रान्सफरलाई दिएको १ अर्ब ८० करोड रुपैयाँकै कारण बैंकिङ कसुरको फन्दामा पर्ने देखिएको छ । उनीसँग सम्पर्क गर्न बैंकिङ खबरले धेरै कोशीस गरेको थियो । सिइओ शेरचन यो समाचार तयार पार्दासम्म फरार छन् । त्यसक्रममा बैंकका सूचना अधिकृतका रुपमा रहेका रविन्द्र ढकाल पनि सम्पर्कमा आएनन् । सिआइबीले बेंकमा छापा मारेर केही डकुमेन्ट हात पारेको छ भने बैंकका डेपुटी सिइओ मनिराम पोख्रेलले आफूलाई यसबारेमा कुनै कुरा थाहा नभएको प्रतिक्रिया दिएका छन् ।
अलीअलि गर्दै गरल्याम्मै ढल्यो प्रभु ग्रुपको बिरासत
समय बदलीयो कुशुम लामा सडकमा झरीन् । विभिन्न कम्पनीहरु बन्द हुने अबस्थामा पुगे । उनीसँगै व्यबसायीक रुपमै कम्जोर भए भट्टचन पनि । यी सबै घटनाका रियल भिलेन बनेका अशोक शेरचनले आफू, भट्टचन र लामा तीन जनाकै जीवनमा बज्रपात ल्याएको देखिन्छ । कुनै समय बजार हिस्सामा अगाडि भएको प्रभु टीभि, प्रभु पे, प्रभु म्यानेजमेन्ट र प्रभु मनि ट्रान्सफर आज लाइट बालेर खोज्नुपर्ने अबस्थामा पुगेका छन् । यी कम्पनी धरासायी भएसँगै प्रभु ग्रुप छिन्न भिन्न भएको छ । कुशुम लामाले नेतृत्व गरेको प्रभु पे र प्रभु म्यानेजमेन्ट टाट परेका छन् । सहकारीबाट म्यानेजमेन्टमा धरौटी स्वरुप राखिएको रकम भुक्तानी गर्नुपर्ने भएपछि लामा र भट्टचनको बीचमा दुश्मनी सिर्जना भएको छ । यही अभियोगमा भट्टचनलाई सीआइबीले अनुसन्धान गरीरहेको छ भने लामा पनि बयानका लागि पटक पटक सीआइवी पुगेकी छन् । बैंकका सिइओ शेरचनलाई भने बैंकिङ कसुरमा तानिने देखिन्छ । आगामी घटनाक्रमहरु भने कसरी कहाँ पुग्छ र फाइलहरु कसरी अनुसन्धान हुन्छन् भन्नेमा निर्भर रहने देखिन्छ ।