Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कम्जोर बन्यो सिद्धार्थ बैंक, नाफामा १५ प्रतिशतको गिरावट

२०८२ कार्तिक २१ गते

बैंकिङ खबर / सिद्धार्थ बैंकको नाफामा गिरावट आएको छ । उक्त बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणमा उल्लेख गरिए अनुसार बेंकको नाफामा १५ प्रतिशत गिरावट आएको हो । पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकले ३२ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३८ करोड २० लाख रुपैयाँ नाफा कमाएको थियो ।