Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

राजन विक्रम थापा राष्ट्र बैंककाे कार्यकारी निर्देशकमा बढुवा

२०८२ कार्तिक १६ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकका राजन विक्रम थापा कार्यकारी निर्देशकमा बढुवा भएका छन् । केन्द्रीय बैंकको मानव संसाधन व्यवस्थापन विभागले उनलाई कार्यकारी निर्देशक पदमा बढुवा गरिएको जानकारी दिएको हो । राष्ट्र बैंकले प्रशासन सेवातर्फ रिक्त रहेको कार्यकारी निर्देशकको पद पूर्ति गर्न राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली, २०६८ (तेस्रो संशोधन समेत) को विनियम ५२ अनुसार बढुवा प्रक्रिया अघि बढाएको थियो ।

सोहीअनुसार सम्भाव्य रहेका निर्देशक (अधिकृत प्रथम) हरूमध्येबाट विनियम ६५ को उपविनियम (२) बमोजिम थापा कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) पदमा बढुवा भएका हुन् । बढुविपछि थापालाई राष्ट्र बैंकको गभर्नर कार्यालयको जिम्मेवारी दिइएको छ ।