२०८२ कार्तिक १४ गते

बैंकिङ प्रणालीमा एकैदिन १४ अर्ब निक्षेप घट्यो

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार मंगलबारसम्म बैंकिङ प्रणालीमा १४ अर्ब रुपैयाँले निक्षेप घटेको छ। सोमबारसम्म निक्षेप ७४ खर्ब ८९ अर्ब रुपैयाँ रहेकोमा मंगलबार घटेर ७४ खर्ब ७५ अर्ब रुपैयाँमा पुगेको हो।

यस बीचमा कर्जा प्रवाह भने १ अर्बले बढ्दै ५६ खर्ब ३५ अर्ब रुपैयाँमा पुगेको छ। मंगलबारसम्म वाणिज्य बैंकमा ६७ खर्ब १७ अर्ब रुपैयाँ निक्षेप र ५० खर्ब १२ अर्ब रुपैयाँ कर्जा प्रवाह रहेको देखिएको छ।

यससँगै सिडी रेशियो ७४.५३ प्रतिशत पुगेको छ, जुन अघिल्लो दिनको ७४.३८ प्रतिशतभन्दा बढी हो। अन्तरबैंक ब्याजदर भने स्थिर रहँदै २.७५ प्रतिशत कायम छ।