Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

धितो सकार्ने सीमा हटेसँगै गैर-बैंकिङ सम्पत्ति बढ्यो

admin २०८२ कार्तिक १० गते
सेयर:


बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थाले धितो सकार्ने सीमा हटेपछि गैर–बैंकिङ सम्पत्ति उच्च दरमा बढेको छ। चालु आर्थिक वर्षको भदौसम्म कुल ५० अर्ब ७५ करोड रुपैयाँ बराबरको गैर–बैंकिङ सम्पत्ति देखिएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६१.७३ प्रतिशतले बढी हो।

राष्ट्र बैंकका अनुसार, भदौसम्म वाणिज्य बैंकहरूको गैर–बैंकिङ सम्पत्ति ४२ अर्ब ९१ करोड, विकास बैंकहरूको ४ अर्ब ७७ करोड र फाइनान्स कम्पनीहरूको ३ अर्ब ६ करोड रुपैयाँ पुगेको छ।

कोरोना महामारी, आर्थिक मन्दी र घरजग्गा बजारको सुस्त गतिले ऋणीहरूले समयमा कर्जा तिर्न नसक्दा बैंकहरूले धितो लिलामी वा आफ्नै नाममा सकार्ने क्रम बढाएका हुन्। सरकारले भूमि ऐन संशोधन गरी बैंकहरूलाई तीन वर्षसम्म जग्गा आफ्नो नाममा राख्न पाउने व्यवस्था गरेपछि असुली प्रक्रियामा केही सहजता आएको छ।

तर, यसबीच बैंकको खराब कर्जा दर घट्ने अपेक्षा विपरीत ४.६२ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको ४.३७ प्रतिशतभन्दा बढी हो। विशेषज्ञहरूले यसलाई आर्थिक गतिविधि सुस्त भएको र कर्जा असुली चुनौतीपूर्ण बनेको संकेतका रूपमा व्याख्या गरेका छन्।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।