२०८२ आश्विन २६ गते

नेपाली नोटमा नेपाल सम्वत् उल्लेख गर्न सकिन्छ : प्रधानमन्त्री

बैंकिङ खबर/ प्रधानमन्त्री सुशीला कार्कीले नेपाल राष्ट्र बैंकबाट निष्काशन गरिने नेपाली नोटमा नेपाल सम्वत् उल्लेख गर्न सकिने बताएकी छन्।

राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठान, मध्यपुर थिमि, भक्तपुरको प्रतिनिधिमण्डलले नेपाल सम्वत् ११४६ अवसरमा मध्यपुर थिमिस्थित राष्ट्रिय विभूति शंखधर साख्वाःको प्रतिमामा माल्यार्पणका लागि प्रमुख अतिथिको निमन्त्रणा पत्र बुझाउने क्रममा प्रधानमन्त्री कार्कीले यस्तो धारणा राखेकी हुन्।

प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठका अनुसार प्रधानमन्त्री कार्कीले अर्थमन्त्रीमार्फत नेपाल राष्ट्र बैंकका गभर्नरसँग छलफल गरी आगामी नोटहरूमा नेपाल सम्वत् प्रयोग गर्न सकिने आश्वासन दिएकी हुन्।

उनले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भने, ‘५ सय रुपैयाँको नोट छपाइका लागि प्रक्रिया पूरा भइसकेकोले अब निष्काशन हुन बाँकी नयाँ नोटदेखि नेपाल सम्वत् उल्लेख गर्न सकिन्छ।’