
बैंकिङ खबर / भारतीय केन्द्रीय बैंकले बुधबार नयाँ मौद्रिक नीति जारी गरेको छ । जसमा भारतीय मुद्रालाई अन्तर्राष्ट्रिय मुद्राका रुपमा अघि सार्न खोखिएको छ । नयाँ मौद्रिक नीतिको एउटा बुँदामा नेपाल, भूटान, श्रीलंका जस्ता देशहरुमा भारतीय बैंकबाट सोझै कर्जा निकाल्न सकिने भन्ने कुरा छ । भारतीय केन्द्रीय बैंकको यस्तो प्रस्ताबलाई केही भारीय संचारमाध्यमहरुले फोकस गरेर समाचार प्रकाशित गरेका छन् । तथापी यो भारतीय केन्द्रीय बैंकको प्रस्ताव मात्रै हो । यो प्रस्तावमा भारतीय सरकारले अनुमति दिएका नेपालका बैंकवित्त मार्फत यस्तो कार्य गर्न सकिने तर सिधै नागरिकले भारतीय बैंकबाट कर्जा लिन जटिल हुने देखिन्छ । भारतीय केन्द्रीय बैंकले भारतीय बैंकहरूले नेपाल, भूटान, श्रीलंका जस्ता देशहरुमा भारतीय रुपैयाँलाई अन्तर्राष्ट्रियकरण गर्ने प्रस्ताव गरेको छ । जहाँ भारतीय बैंकहरूले नेपाल, भूटान, श्रीलंका आदिमा NRI (Non-Resident Indians) लाई भारतीय रुपैयाँ ऋण दिन सक्ने व्यवस्था प्रस्ताव गरिएको छ ।
भारतकै प्रतिष्ठित मिडिया The Indian Express ले RBI ले भारतीय रुपैयाँलाई (Indian Rupee) को अन्तर्राष्ट्रियकरण (internationalisation) को पहल गर्ने प्रस्ताव लाई फोकस गरेर समाचार लेखेको छ । जसअनुसार छिमेकी देशका बासिन्दालाई भारतीय रुपैयाँमा ऋण दिन मिल्ने गरी नियम बनाउन खोजिएको छ। Reuters नामक अन्तर्राष्ट्रिय समाचार एजेन्सीले पनि RBI ले भारत सरकारसँग स्वीकृतिका लागि यस्तो प्रस्ताव पठाएको तर अझै कार्यान्वयन नभएको समाचार लेखेको छ । जहाँ भनिएको छ अहिले “प्रस्ताव” को स्तरमा मात्रै छ, पूर्ण रूपमा लागु भएको छैन।