Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
वित्तीय साक्षरता

सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कानुनको पालना गरौं, कानुनी सजायबाट बचौं: राष्ट्र बैंक

admin २०८२ भाद्र १७ गते
सेयर:

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण सम्बन्धी कानुनको पालना गर्न सबैलाई आग्रह गरेको छ।

सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ अनुसार कुनै व्यक्तिले कसुरमार्फत प्राप्त सम्पत्तिलाई लुकाउने, छल्ने, रूपान्तरण गर्ने वा प्रयोग गर्ने कार्यलाई ‘सम्पत्ति शुद्धीकरण’ मानिने स्पष्ट गरिएको छ। यसरी प्राप्त सम्पत्तिलाई गैरकानुनी स्रोत ढाकछोप गर्ने उद्देश्यले गरिएको कारोबार, स्थान परिवर्तन, स्वामित्व परिवर्तन वा तेस्रो पक्षलाई सहयोग गर्ने जस्ता गतिविधिहरू कानुनविरुद्ध हुने जनाइएको छ।

यस्तै, यस्तो गतिविधिमा षड्यन्त्र गर्ने, सहयोग गर्ने, प्रोत्साहन गर्ने, मतसल्लाह दिने वा प्रत्यक्ष–अप्रत्यक्ष रुपमा संलग्न हुने व्यक्तिहरू पनि कानुनबमोजिम सजायको भागीदार हुने चेतावनी राष्ट्र बैंकले दिएको छ।

वित्तीय चेतना अभिवृद्धि गर्दै राष्ट्र बैंकले भनेको छ, “सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कानुनको पालना गरौं, कानुनी सजायबाट बचौं।”

ग्राहकहरूले कुनै समस्या वा गुनासो भएमा अनलाइन पोर्टल www.gunaso.nrb.org.np वा नेपाल राष्ट्र बैंकको वित्तीय ग्राहक संरक्षण इकाइ (सम्पर्क नम्बर ०१–५७१९६०५) मार्फत जानकारी दिन सक्ने व्यवस्था पनि गरिएको छ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।