Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
वित्तीय साक्षरता

सार्वजनिक वाइफाई प्रयोग गरेर विद्युतीय कारोबार नगर्न राष्ट्र बैंकको आग्रह

२०८२ श्रावण ३० गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले सार्वजनिक स्थानको वाइफाई नेटवर्क प्रयोग गरेर विद्युतीय कारोबार गर्दा सचेत रहन आग्रह गरेको छ।

राष्ट्र बैंकले एक भिडियो सन्देश जारी गर्दै सार्वजनिक वाइफाई प्रयोग गर्दा व्यक्तिगत बैंक विवरण, पासवर्ड वा अन्य संवेदनशील जानकारी चोरी हुन सक्ने भएकाले यस्तो नेटवर्कमार्फत कारोबार नगर्न उपभोक्तालाई सचेत गराएको हो।

केन्द्रीय बैंकले सुरक्षित नेटवर्क प्रयोग गर्ने, आधिकारिक मोबाइल बैंकिङ एपमार्फत मात्र कारोबार गर्ने र अनावश्यक लिंकमा क्लिक नगर्ने सुझावसमेत दिएको छ।