२०८२ श्रावण २० गते

वित्तीय समावेशीकरणमा क्रमिक सुधारः राष्ट्र बैंक

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले देशमा वित्तीय सेवाको पहुँच, प्रयोग र गुणस्तरको अवस्थालाई मापन गर्न वित्तीय समावेशीकरण सूचकाङ्क (Financial Inclusion Index – FII) सार्वजनिक गरेको छ।

राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले तयार पारेको सूचकाङ्कले बैंकिङ सेवा, डिजिटल भुक्तानी, बीमा, लघुवित्त, पुँजी बजारमा लगानी तथा सामाजिक सुरक्षा लगायतका विषय समेटिएको जनाएको छ।

सूचकाङ्कअनुसार आर्थिक वर्ष २०७८/७९ देखि २०८०/८१ सम्मको अवधिमा समग्र वित्तीय समावेशीकरणमा क्रमिक सुधार देखिएको छ।

-पहुँच (Access) पक्षमा सूचकाङ्क ०.३८ बाट बढेर ०.४३ पुगेको छ।

-प्रयोग (Usage) मा ०.४४ बाट ०.४९ पुगेको देखिन्छ।

-गुणस्तर (Quality) पक्षमा पनि ०.४० बाट ०.४७ सम्म सुधार देखिएको छ।

राष्ट्र बैंकले नागरिकलाई वित्तीय सेवा सम्बन्धी गुनासो तथा समस्या राख्नका लागि अनलाइन पोर्टल www.gunaso.nrb.org.np सञ्चालनमा ल्याएको छ। साथै, वित्तीय ग्राहक संरक्षण इकाइको सम्पर्क नम्बर ०१-५७१९६०५ मार्फत जानकारी लिन सकिने जनाएको छ।