Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

सानिमा बैंकमा रोजगारीको अवसर

admin २०८२ श्रावण १४ गते
सेयर:

बैंकिङ खबर/सानिमा बैंकले आफ्ना विभिन्न विभागका लागि जनशक्ति माग गरेको छ। बैंकले प्रधान कार्यालयका लागि वरिष्ठ अधिकृतदेखि सुपरभाइजर तहसम्मका पदमा योग्य उम्मेदवारहरूबाट दरखास्त आह्वान गरेको हो। बैंकद्वारा जारी गरिएको सूचनाअनुसार, सुपरभाइजर तहका लागि इच्छुक उम्मेदवारले मान्यता प्राप्त विश्वविद्यालयबाट व्यवस्थापनको कुनै पनि संकायमा स्नातक तह उत्तीर्ण गरेको हुनुका साथै सेमी क्वालिफाइड सीए (CA) वा एसिसिए (ACCA) उत्तीर्ण गरेको हुनुपर्नेछ।

त्यस्तै, वरिष्ठ अधिकृत पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातकोत्तर तह उत्तीर्ण गरेको योग्यता अनिवार्य छ। सहायक अधिकृत, अधिकृत र वरिष्ठ अधिकृत तहमा आवेदन दिनका लागि उम्मेदवारले चार्टर्ड एकाउन्टेन्सी (CA) उत्तीर्ण गरेको हुनुपर्नेछ।

अनुभवको हकमा, सुपरभाइजर पदका लागि कम्तीमा एक वर्ष, सहायक अधिकृतका लागि दुई वर्ष, अधिकृतका लागि तीन वर्ष र वरिष्ठ अधिकृत पदका लागि चार वर्षको बैंकिङ लेखापरीक्षण सम्बन्धी अनुभव भएको हुनुपर्ने बैंकले जनाएको छ। आवेदकको उमेर साउन २८ गतेसम्म ४० वर्ष ननाघेको हुनुपर्नेछ। इच्छुक तथा योग्य उम्मेदवारहरूले साउन २८ गतेभित्र आवेदन दिन सक्ने बैंकले जनाएको छ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।