Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

बुधबार धर्ना बस्ने सेयर लगानीकर्ता संघको घोषणा, यस्ता छन् मागहरु

२०७३ पुष ११ गते
सेयर:

सेयर लगानीकर्ता संघले ६ बुँदे माग राख्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । सोमबार बसेको संघको केन्द्रिय समितिको बैठकले आथामी बुधबार विहान १०ः३० बजे नेपाल स्टक एक्सचेन्जको कार्यालय, सिंहदरबारमा शान्तिपूर्ण धर्ना दिने निर्णय गरेको हो । आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । 

संघले बैंकलाई ब्रोकर लाईसेन्स दिनुपर्ने, ब्रोकरहरुको शाखा विस्तार गर्नुपर्ने, अनलाईन ट्रेडिङ यथासिघ्र कार्यान्वयनमा ल्याउनुपर्ने, हकप्रद, बोनस, मर्जर र सुचीकृत नीति स्पष्ट हुनुपर्ने, बजार निर्माता ल्याउन पहल गर्नुपर्ने र गैर आवासीय नेपालीलाई पूँजी बजारमा ल्याउन पहल गर्नुपर्ने माग अघि सारेको छ ।