Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल हुने अर्थमन्त्रीको दाबी

२०८२ असार ११ गते

बैंकिङ खबर/ उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफूले ल्याएको बजेट यथार्थपरक रहेको बताएका छन् । सोमबारको प्रतिनिधिसभाको बैठकमा उनले बजेटले लिएको ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल हुने बताए ।
संसद बैठकमा बजेटका सम्बन्धमा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री पौडेलले शिथिलतामा रहेको अर्थतन्त्रलाई वर्तमान सरकारले चलायमान बनाएको बताए ।

‘हामीले शिथिलतामा रहेको अर्थतन्त्रलाई चलायमान गराएर समस्त परिसूचकहरूमा सकारात्मक सुधार भएको छ । बजेटमा स्रोतको व्यवस्थापन र खर्चको बाँडफाँट यथार्थपरक रूपले गरिएको छ । त्यसैले बजेटले लिएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल हुन्छ भन्नेमा म विश्वस्त छु । यो असम्भव छैन । हाम्रो सामथ्र्यको सीमाभित्र छ, उनले भने ।