Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

खुल्यो नेपाल एसबिआई बैंकको ६७ हजार कित्ता एफपिओ, यसरी दिनुस् आवेदन

२०७३ पुष १० गते

नेपाल एसबिआई बैंकले आज (पुस १० गते)देखि फर्दर पब्लिक अफरिङ (एफपिओ) निष्काशन गरेको छ । बैंकले १०० रुपैयाँ अंकित मूल्यमा ८७१ रुपैयाँ प्रिमियम थप गरी ९७१ रुपैयाँ प्रति कित्तामा एफपिओ जारी गरेको हो । बैंकले संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व ७०ः३० कायम गर्नका लागि ६७ हजार ७६७ कित्ता सेयरको नयाँ निष्काशन गरेको हो । बैंकको सेयरलाई इक्रा नेपालले ग्रेड २ रेटिङ दिएको छ । 

बैंकको एफपिओमा लगानीकर्ताले पुस १० गतेदेखि छिटोमा पुस १३ र ढिलोमा पुस २४ सम्म आवेदन दिन सक्ने छन् । सेयरमा न्यूनतम १० कित्ता र बढीमा ६७० कित्तासम्म आवेदन दिन सकिने बताइएको छ । नेपाल एसबिआई बैंकका उपत्यकाभित्र र बाहिरका विभिन्न शाखाहरु, काठमाडौँको नागपोखरीस्थित एनएमबि क्यापिटल लिमिटेड र हात्तिसारस्थित एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडमार्फत आवेदन दिन सकिनेछ । 

३ अर्ब ८८ करोड ३७ लाख रुपैयाँ चुक्तापुँजी रहेको बैंकको एफपिओ जारी गरेपछि चुक्तापुँजी तीन अर्ब ८९ करोड रुपैयाँ नाघ्नेछ । यसबाहेक, बैंकले २८ प्रतिशत बोनस सेयर समेत जारी गर्दैछ । बोनस सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी चार अर्ब ९७ करोड रुपैयाँ पुग्नेछ ।