December 20th, 2016

बैंकहरुबाट तीन अर्ब निक्षेप उठाउँदै राष्ट्र बैंक, ब्याजदर कति ?  

नेपाल राष्ट्र बैंकले ३ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गरेको छ । मंगलबारदेखि लागू हुने गरी नेपाल राष्ट्र बैंकले दुई हप्ताका लागि निक्षेप संकलन उपकरण जारी गरेको हो । 

केन्द्रीय बैंकले एक सूचना जारी गरी उक्त जानकारी दिएको हो । १४ दिनसम्म निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्कासन गर्ने भन्दै केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण मंगलबारदेखि अपरान्ह दुई बजेसम्म अनलाईन विडिङ् सिस्टम सफ्टवेरमार्फत बोलकबोल हुने जानकारी दिएको छ । 

यस्तै नेपाल राष्ट्र बैंकले साँवा तथा ब्याज भुक्तानी भने यही पुष १९ गते गर्ने भएको छ । धितो सम्बन्धी व्यवस्थाका लागि केन्द्रीय बैंकले सोही बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न सकिनेसमेत व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क, ख र ग बर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने निक्षेप संकलन बोलकबोलमा ब्याजदर भने ०.८६०९ प्रतिशत तोकिएको छ ।