
बैंकिङ खबर/ नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सरकारले गभर्नर नियुक्ति नगरेर संविधान मिचेको बताएका छन् । गभर्नरको पदावधि सकिनुअघि नै नयाँ गभर्नर नियुक्ति गर्न सिफारिस भइसक्नुपर्ने तर अहिले गभर्नरको म्याद सकिएको दुई महिना भइसक्दा पनि नयाँ गभर्नर नियुक्ति नगरेर संविधान मिल्ने काम गरेको आरोप लगाए । यो सरकारले सुशासन दिँदै नसकेको आरोप लगाए।
प्रेस युनियन नवलपुरले कावासोतीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै दुई दुई महिनामै सरकार परिवर्तन हुन थालेपछि एमालेसँग मिल्न बाध्य भएको बताए। उनले पहिलो, तेस्रो, चौथो पार्टी मिलेर सरकार बनाउने र दोस्रो पार्टी सधैँ विपक्षमा बस्ने गरेको अभ्यास दुई ठूला पार्टी मिलेको बताए।