April 15th, 2025

अनधिकृत कारोबारबारे तत्काल खबर गरौंः राष्ट्र बैंक

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले अनधिकृत कारोबारबारे तत्काल खबर गर्न आग्रह गरेको छ । राष्ट्र बैंकले मंगलबार एक वित्तीय सूचना जारी गर्दै भनेका छ, ‘तपाईंको खाताबाट अनधिकृत कारोबार भएको थाहा पाउनासाथ कहाँ र कसलाई खबर गर्ने थाहा पाउनु भएको छ ? बैंक तथा वित्तीय संस्थाले ग्राहकको समस्या सुन्न र आवश्यक समाधानका लागि टोल फ्री नम्बर तथा ग्राहकको सहयोगको लागि कर्मचारीहरू कस्टुम्बर सर्पोट टिमको व्यवस्था गरेका हुन्छन् । कुनै अनधिकृत कारोबार भएको थाहा पाउनासाथ तत्काल त्यस्तो नम्बर र इकाईमा खबर गर्नु पर्दछ ।’