Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

कृषि विकास बैंकमा ठूलो संख्यामा रोजगारी खुल्यो(विज्ञापनसहित)

admin २०८१ चैत्र २२ गते
सेयर:

बैंकिङ खबर/कृषि विकास बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले  एक सूचना जारी गर्दै सहायकदेखि अधिकृतसम्म विभिन्न पदका लागि ११८ जना कर्मचारी माग गरेको हो ।

जसअनुसार शाखा प्रमुख १ जना,व्यवसाय अधिकृत ४८ जना,व्यवस्था सूचना प्रणाली अधिकृत ३ जना, कानून अधिकृत १ जना,कम्प्युटर अधिकृत १ जना, कर्जा अधिकृत ५ जना र लेखापाल(मधेश प्रदेश)३५ जना,बागमति प्रदेश १५ जना र लुम्बिनी प्रदेशका लागि ९ जना कर्मचारी माग गरेको छ ।

उल्लेखित पद खुला तथा समावेशी प्रतियोगियात्मक परीक्षाबाट पदपूर्ति गरिनेछ । लिखित परीक्षा लोकसेवा आयोगले लिनेछ । दरखास्त फारम भर्ने अन्तिम मिति वैशाख ११ गते रहेको छ र दोब्बर दस्तुर तिरेर वैशाख १८ गतेसम्म फारम भर्न पाइनेछ ।

तह ४ का लागि आवेदकको न्यूनतम उमेर १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र तह ६ का लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनु पर्नेछ । महिला र अपाङ्गको हकमा उमेरको माथिल्लो तह ४ण् वर्ष ननाघेको हुनुपर्नेछ । यस्तै तह ८ का लागि २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ भने बैंकमा कार्यरत कर्मचारीको हकमा उमेरको हद लागू हुनेछैन ।

Open_2081-82

 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।