March 19th, 2025

छिटो र सरल भुक्तानीका लागि विद्युतीय माध्यमको प्रयोग गरौं : राष्ट्र बैंक

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले छिटो र सरल भुक्तानीका लागि विद्युतीय माध्यमको प्रयोग गर्न आग्रह गरेको छ । केन्द्रीय बैंकले ‘ग्लोबल मनी वीक २०२५’ का अवसरमा सन्देश जारी गर्दै वित्तीय कारोबार गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । यस्तै वित्तीय कारोबारसम्बन्धी गोप्य विवरणहरु अरुसँग सेयर नगर्न र वित्तीय ठगीबाट बच्न आग्रह गरेको छ ।