बैंकिङ खबर/ पारिवारिक आम्दानी र खर्चको अनुमानित विवरणलाई पारिवारिक बजेट भनिन्छ । पारिवारिक बजेटले आम्दानीका स्रोतहरुको राम्रोसँग लेखाजोखा गर्न र खर्चलाई व्यवस्थित, अनुशासित एवं प्राथमिकताको आधारमा गर्न सहयोग गर्दछ ।
पारिवारिक बजेट निर्माण किन ?
– परिवारको वित्तीय लक्ष्य निर्धारण गर्न ।
– उपलब्ध वित्तीय स्रोतलाई अनुशासित तवरले खर्च गर्न ।
– फजुल खर्चलाई नियन्त्रण गरी बचतलाई प्रोत्साहन गर्न ।
– उपयुक्त क्षेत्रमा खर्च भए/नभएको मूल्याङ्कन गर्न ।
– परिवारको आम्दानी र खर्चलाई पारदर्शी बनाउन ।
– परिवारको आम्दानी र खर्चको प्रवृत्ति हेर्न ।
पारिवारिक बजेट कसरी बनाउने ?
– परिवारको वित्तीय लक्ष्य निर्धारण गर्ने ।
– आम्दानीका सम्पूर्ण स्रोत यकिन गर्ने ।
– खर्चको सूची तयार गर्ने ।
– खर्चका शीर्षकलाई वर्गीकरण गर्ने ।
– खर्चका क्षेत्रहरु पहिचान गर्दै प्राथमिकता तय गर्ने ।
– आयबमोजिम सम्भावित बचतको निक्र्यौल गर्ने ।
पारिवारिक बजेटको नमूना




