बैंकिङ खबर/उत्तर कोरियाका ह्याकरहरुले आफूले ह्याक गरेको क्रिप्टोबाट ३० करोड डलर पैसाका रुपमा निकाल्न सफल भएका छन्। बीबीसीका अनुसार उनीहरुले ह्याक गरिराखेको डेढ अर्ब डलरबराबरको क्रिप्टोबाट ३० करोड डलर पैसा नै निकाल्न सफल भएका हुन्।
लेजरस ग्रुपले चर्चित ती ह्याकरले बाईबिट क्रिप्टो एक्सचेन्जबाट दुई हप्ताअघि डिजिटल टोकनहरु विनिमय गर्न सफल भएको बताइएको छ। त्यसयता उनीहरुलाई पैसा लिनबाट रोक्ने प्रयास भइरहेको छ।
विज्ञहरुका अनुसार ती ह्याकरहरु २४ घण्टा काममा जुटेका छन्। यसबाट निकालेको पैसा सिधै उत्तर कोरियाली सैन्य विकासमा जाने बताइएको छ। गत फेब्रुअरी २१ मा ह्याकरहरुले बाईबिटको आपूर्तिकर्तामध्ये एउटालाई ह्याक गर्न सफल भएका थिए।