बैंकिङ खबर/बेस्ट फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा बालनरसिंह (बिएन) घर्ती नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको बैठकले घर्तीलाई सीईओमा नियुक्त गरेको हो । घर्तीको कार्यकाल ४ वर्षको हुनेछ ।
नेपाल राष्ट्र बैंकबाट राष्ट्रिय स्तरका इजाजत पाएको बेस्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएसँगै घर्ती ११ वर्षपछि बैंकिङमा फर्किएका हुन् ।